नेताहरूको दाबी : भोलिसम्म कांग्रेस र एमालेको गठबन्धन सरकार बन्छ « Khabarhub

नेताहरूको दाबी : भोलिसम्म कांग्रेस र एमालेको गठबन्धन सरकार बन्छ


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेताहरूले मङ्गलबारसम्म कांग्रेस र एमाले मिलेर गठबन्धन सरकार बन्ने कुराको टुङ्गो लाग्ने दाबी गरेका छन् ।

उच्च स्रोतका अनुसार कांग्रेस र एमालेबीच भागबण्डामा कुरा भइरहेको छ । भोलिसम्म खाका आइसकेर नयाँ गठबन्धन सरकार गठनको प्रक्रिया सुरु हुने बताइएको छ।

यसका लागि एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ बालकोटमा छलफल गरिरहेका छन्।

यता कांग्रेसका शीर्ष नेताहरू पनि विभिन्न चरणमा अनौपचारिक छलफल गरिरहेको कांग्रेस स्रोतको भनाइ छ।

एमाले नेताहरूका अनुसार गठबन्धनमा शक्ति बाँडफाँटको प्रारम्भिक खाका तयार भइसके पनि भोलिसम्म सबै सहमति भइसक्ने छ ।

‘हाम्रो अध्यक्षलाई प्रधानमन्त्री मानेर जान कांग्रेस सभापति शेरबहादुर देउवा तयार हुनुभएको छ। भोलिसम्म गठबन्धन परिवर्तन हुने गरी अन्तिम सम्झौता हुन्छ’, एमाले स्रोतले भन्यो ।

एमाले र कांग्रेसबीच सहमतिका लागि अहिले सम्झौताको ड्राफ्ट तयार पार्ने काम भइरहेको छ ।

जसका लागि कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की र एमालेबाट महासचिव शंकर पोखरेल तथा रमेश बडालसहितका नेताहरू खटिएका छन् ।

एमाले प्रमुख सचेतक महेश बर्तौला पनि प्रतिनिधिसभा बैठक सकेर एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्दैछन्।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ८ : १० बजे

मुटुरोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण

पर्वत– पर्वतको कुश्मानगरपालिका–१२ ठूलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा

म्याग्दीको जलजला आलुको बीउमा आत्मनिर्भर

म्याग्दी– जिल्ला सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका बीउ आलुमा

ओली मनोमानी ढङ्गले अगाडि बढे प्रतिवाद गर्छौं : उषाकिरण

काठमाडौं – नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तेम्सेनाले अध्यक्ष ओलीले

‘जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न प्रतिबद्ध बनौँ’

काठमाडौं– उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना

अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन : कुलमान घिसिङ

पोखरा – कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको