अर्थ मन्त्रालयद्वारा दीर्घ रोगी बिरामीका लागि ३५ करोड निकाशा | Khabarhub Khabarhub

अर्थ मन्त्रालयद्वारा दीर्घ रोगी बिरामीका लागि ३५ करोड निकाशा


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अर्थ मन्त्रालयले दीर्घ रोगीहरुका लागि औषधि उपचार खर्च बापत ३५ करोड, २६ लाख १९ हजार रकम निकाशा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि उक्त रकम निकाशा गर्नेसम्बन्धी फाइल स्वीकृत गरेका हुन् ।

उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले माशिक ५ हजार पाउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले रकम माग गरेका थिए ।

चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट उक्त रकम निकाशा गरिएको मन्त्रालयले जनाएको छ । उक्त रकम स्थानीय तहमार्फत बिरामीको बैंक खातामा जम्मा हुनेछ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ८ : ३५ बजे

बीमा बोर्डद्वारा अस्पताललाई बक्यौता रकम भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बक्यौता रकम अस्पताललाई

नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित

काठमाडौं- आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले

नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त

काठमाडौं– नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष

देशभरका ३३ कार्यालयमा खुल्यो यातायात व्यवस्थाको सर्भर

काठमाडौं– यातायात व्यवस्था विभागको सर्भर देशभरका ३३ वटा कार्यालयमा आंशिक रूपमा