रोल्पा जीप दुर्घटना : सात जनाको मृत्यु, सात घाइते (अपडेट) « Khabarhub

रोल्पा जीप दुर्घटना : सात जनाको मृत्यु, सात घाइते (अपडेट)


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

रोल्पा – रोल्पाको माडी गाउँपालिका–४ परेवाछहरामा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।

रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप माडी गाउँपालिका वडा नं ४ स्थित परेवा छहरामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार अन्य सात जना घाइते भएका छन् । मृतकको सनाखत भइसकेको छैन । जीप सडकबाट करीब चार सय मिटर तल खसेको छ ।

घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकी घर्तीगाउँ पुर्याइएको छ । घटनापछि निरन्तर पानी परिरहेकाले उद्दारमा असहज भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १० : २३ बजे

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत