भारतीयका फिल्मका भिलेन ‘हस्व दीर्घ’मा अभिनय गर्न काठमाडौंमा « Khabarhub

भारतीयका फिल्मका भिलेन ‘हस्व दीर्घ’मा अभिनय गर्न काठमाडौंमा


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नायिका नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘हस्व दीर्घ’ मा अभिनय गर्न भारतीय कलाकारहरू काठमाडौं आइपुगेका छन् । चौथो चरणको छायांकनका लागि भारतीय कलाकारहरू प्रदीप रावत र सुनील वर्मा काठमाडौं आएका हुन् । 

निर्माण पक्षले सोमबार ललितपुरको एक होटलमा पत्रकार सम्मेलन गरी अन्तिम चरणको छायांकनका लागि उनीहरु काठमाडौं आएको जानकारी दिएको हो । सुनील दक्षिण भारतीय फिल्म ‘पुष्पा’का मुख्य मध्येका एक खलपात्र हुन् । त्यस्तै, प्रदीप बलिउड फिल्म ‘गजनी’का खलपात्र हुन् । 

आइतबारबाट सुरु भएको छायांकन ४ दिनमा सकिने निर्देशक चन्द्र पन्तले जानकारी दिए । उनका अनुसार काठमाडौंका केही स्थानमा अन्तिम चरणको छायांकन बाँकी रहेको छ । ‘ललितपुरबाट हामीले छायांकन सुरु गर्यौं । लगभग छायांकन पूरा भयो,’ निर्देशक पन्तले भने ।

प्रदीप र सुनीलको अंशको छायांकन भइरहेको फिल्मकी नायिकासमेत रहेकी नीताले बताइन् । त्यस्तै, प्रदीपले फिल्ममा आफू नीताको बुवाको भूमिका निर्वाह गरेको जानकारी दिए । साथै उनले नीताको अभिनयको प्रशंसासमेत गरे । उनले भने, ‘हामीले यसअघि फिल्म माहीमा पनि स्क्रिन सेयर गरेका थियौं । उहाँ बालकलाकार हुँदादेखि नै राम्रो अभिनय गर्नुहुन्थ्यो, त्यसको जानकारी मलाई छ ।’

सुनील वर्माले नेपाली फिल्ममा अभिनय गर्न पाउँदा खुशी लागेको बताए । उनले भने, ‘हस्व दीर्घले नेपाली फिल्मलाई भारतीय सिनेमा उद्योगसँग जोड्ने पुलको काम गरेको छ । यो दशैंमा हामीले तपाईंहरुलाई कोसेली फिल्म लिएर आएका छौं ।’ 

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसै फिल्मबाट पन्तले निर्देशनमा डेब्यु गर्न लागेका हुन् । 

फिल्ममा नीता, प्रदीप, सुनीलसहित हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईंटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

यस फिल्मको कथा अभिनेता हरिहर अधिकारीको हो । पटकथा तथा संवाद भने हरिहर, प्रतीक पौडेल र निर्देशक पन्त मिलेर लेखेका हुन् । 

नेपाली, तेलुगु र हिन्दी भाषामा फिल्म निर्माण हुने बताइएको छ । नेपालका लागि प्रदर्शन मिति आगामी असोज ३ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १२ : ५५ बजे

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,