‘कांग्रेस-एमाले समीकरण चरम अवसरवाद, लोकतन्त्रलाई खतरा’ « Khabarhub

‘कांग्रेस-एमाले समीकरण चरम अवसरवाद, लोकतन्त्रलाई खतरा’


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिएका छन् ।

सोमबार मध्यराति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरणबारे सम्झौता भएपछि खतिवडाले उक्त प्रतिक्रिया दिएका हुन् ।

वर्तमान सत्तारुढ दल एकीकृत समाजवादी दशौँ राष्ट्रिय महावेशनमा व्यस्त रहेका बेला सत्ता परिवर्तनको खेल भएको छ ।

‘संसदका ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो’, उनले भने, ‘बहुदलीय राजनीतिको अपचलन संस्कृति हो । मुलुकलाई अस्थिरताको चक्रब्यूहमा फसाउने काम हो ।’

खतिवडाले कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा अमिल्दो भएको बताए ।

‘कांग्रेस र एमाले मिलेर सत्ता चलाउने नमिल्दो कुरा हो। यो लोकतन्त्रका निम्ति खतरा हो’, उनले भने, ‘यसबाट प्रणालीलाई कमजोर पार्ने काम भएको छ। सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन हामीलाई मान्ने छैन। यो अधिकार अमुक दललाई छैन ।’

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : २६ बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन