‘ठूला मान्छेका भ्रष्टाचारका फाइल खोल्नेबित्तिकै सत्ता समीकरण फेरियो’ | Khabarhub Khabarhub

‘ठूला मान्छेका भ्रष्टाचारका फाइल खोल्नेबित्तिकै सत्ता समीकरण फेरियो’


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइलहरू खुल्न थालेपछि रातारात सत्ता समीकरण फेरिएको बताएका छन् ।

मंगलबारु सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले भ्रष्टाचारका ठूला फाइलहरू खुल्न थालेपछि सत्ता समीकरण एक रात पनि टिक्न नसकेको बताएका हुन् ।

उनले कसलाई जोगाउन सत्ता समीकरणमा फेरबदल भएको भन्ने कुरा जनताले राम्रोसँग बुझेको पनि जिकिर गरे ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइएको प्रकरणमा बेचन झा पक्राउ परेकोतर्फ इंगित गर्दै उनले भ्रष्टाचारको फाइल खुल्न थाल्नेबित्तिकै समीकरण फेरिएको बताए ।

‘भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो’, उनले झा पक्राउ प्रकरणबारे इंगित गर्दै भने । लामिछानेले इंगित गरेका झा गत शुक्रबार कञ्चनपुरबाट पक्राउ परेका थिए । त्यस्तै त्यही दिन नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल पुत्र प्रतीक पनि समातिएका थिए ।

नक्कली शरणार्थी प्रकरणमा मुख्य बिचौलियाका रुपमा काम गरेका झाले कांग्रेस नेतृ आरजु राणासहितको नाम उसबेलै लिएका थिए । मंगलबार सिंहदरबारमा गृहमन्त्री लामिछानेले पनि त्यसैतर्फ संकेत गर्दै ठूलो फाइल खोल्न लागेपछि सरकारमा गडबड गरिएको बताए ।

झा पक्राउ परेपछि उनको पृष्ठभूमि र उच्च तहका नेताहरूसँगको उठबसलाई लिएर अनेक आँकलन सुरु भएको थियो । बेचनतिर लक्षित गर्दै लामिछानेले केही मानिस पक्रिनेबित्तिकै ठूलाबडाकहाँ भुइँचालो गएको बताए ।

‘तपाईंहरूले भन्नु भयो फाइल खोल्नु पर्‍यो । तर फाइल खोलेको एक रातमै सरकार गयो’, उनले भने, ‘यो समीकरण परिवर्तनको के अर्थ होला त ? यो संविधान जोगाउने होइन, कसैलाई जोगाउने खेल हो ।’

लामिछानले दलहरू मिल्नु राम्रो भए पनि अहिले एमाले र कांग्रेसको मिलन स्वस्थ नभएको बताए । ‘अहिलेको जस्तो जुन ढंगले ठूला दलहरू मिल्नु लोकतन्त्रका लागि ठिक होइन । ठूला राजनीतिक घटना, आपत्काल र देश संकटमा परेका बेला दलहरू मिल्ने हो तर अहिलेको मिलाप ठूला भ्रष्टाचारमा मुछिएकालाई जोगाउन भएको हो ।’

उनले देशमा अहिले केही पनि संकट नआएको बताए । ‘सुशासनका लागि केही मानिसहरू पक्राउ पर्दैमा तिनीहरूलाई जोगाउन रातारात सरकार परिवर्तन भएको नेपाली जनताले बुझेका छन्’, उनले भने, ‘अब हामी नयाँ सत्ता समीकरणमा रास्वपा सहभागी हुँदैनौँ ।’

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ४ : २६ बजे

बन्दीपुर केवलकारको आइपीओ सर्वसाधारणका लागि खुल्यो

काठमाडौं – बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि साधारण

साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश खेल्ने

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

श्रीनगर एग्रीटेकको आइपीओ बिक्री सुरु

काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर (आइपीओ) बिक्री

भक्त राना स्मृति बुद्धिचालको उद्घाटन प्रचण्डले गर्दै

काठमाडौं – भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधबार सुरु हुँदैछ।

रुवी साह हत्या आरोपी लक्ष्मण पासवान पक्राउ

रौतहट – रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका