चट्याङ के हो, कसरी बच्ने ? « Khabarhub

चट्याङ के हो, कसरी बच्ने ?


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक वर्ष नेपालमा चट्याङले ज्यान गुमाउने वा घाइते हुनेको संख्या बढ्दो छ । प्राकृतिक विपत्तिका रूपमा आउने चट्याङका घटना वर्षा याममा बढी हुने गरेको छ ।

के हो चट्याङ ?

समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्न विद्युतको प्रवाह हो चट्याङ । यो जब बादलमा भएका कणहरू आवेसित भएर धन र ऋण आवेशमा परिवर्तित हुन्छन्, तब विद्युत् उत्पन्न हुन्छ । यो करेन्ट कहिलेकाहीँ पृथ्वीको सतहमा उच्च भोल्टेजले ठक्कर खान्छ । यसैलाई हामी आकारमा बिजुली चम्केको वा चट्याङ हानेको भन्छौँ ।

अमेरिकन कलेज अफ इमर्जेन्सी फिजिसियनको तथ्यपत्र अनुसार केही सामान्य बचाउको प्रयासले चटयाङबाट हुने दुर्घटनाबाट जोगिन सकिन्छ ।

१. चट्याङ पर्न लाग्दा फलामे पदार्थभन्दा टाढै बस्नुपर्छ ।
२. यस्तो बेलामा सकेसम्म विद्युत् उपकरणको प्रयोग गर्नु हुँदैन ।
३. यो बेलामा बिजुलीको पोल छेउमा बस्नु हुँदैन ।
४. सकेसम्म मोबाइल वा टेलिफोनको उपयोग नगर्नु नै राम्रो हुन्छ ।
५. चट्याङ पर्न लाग्दा पानीमा पौडिरहेको भए समतल भूमिमा निस्कनुपर्छ ।
६. चट्याङ पर्न लाग्दा सुरक्षित स्थानमा आश्रय लिनु पर्दछ ।
७. अग्लो वस्तु रूख, झन्डा बाँध्ने पाइप वा बाँस नजिक जानु हुँदैन ।
८. यस्तो बेलामा खुल्ला चौर, खुल्ला संरचना र गाडीमा पनि जानु हुँदैन ।
९. विद्युतको सुचालक वस्तु जस्तै: कम्प्युटर, टेलिफोनभन्दा टाढा बस्नु पर्दछ ।
१०. चट्याङको आवाज आइरहेको बेला तारवाला फोन उपयोग गर्नु हुँदैन ।
११. आकाशमा बादल तीव्रताका साथ गर्जिरहेको छ भने पक्की भवनमा आश्रय लिनुपर्छ ।
१२. वर्षाको चट्याङ केही समय मात्र हुने भएकाले बाहिर पर्नुभयो भने पर्खनु राम्रो हुन्छ ।
१३. कुनै व्यक्ति चट्याङले प्रभावित भएको भए तुरुन्त अस्पताल लानु पर्दछ ।
१४. चट्याङ प्रभावित व्यक्तिको शरीरमा विद्युतीय झड्का रहँदैन त्यसैले यस्ता व्यक्तिलाई छुँदा कुनै असर पर्दैन ।
१५. चट्याङ पर्दा खुल्ला ठाउँमा भुईँमा पल्टिनु बढी सुरक्षित हुन्छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ५ : २९ बजे

तयारी पोशाक उद्योगीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका

बाढीले क्षतिग्रस्त ९ करोडका विद्युतीय गाडी एक वर्षदेखि भन्सारमै अलपत्र (फोटो फिचर)

रसुवा – अघिल्लो वर्ष ल्हेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएका

अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी– गत आर्थिक वर्ष (आव)मा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण

१३ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौँ– १३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष (आव) को

वैदेशिक रोजगार बिमामा सुधार: घरदैलोमै पुगेर दाबी भुक्तानी गरिने

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा व्यवस्थापनलाई थप