एमालेले प्रधानमन्त्रीलाई भन्यो : नयाँ सरकारका लागि भोलिसम्म बाटो खोलिदिनू | Khabarhub Khabarhub

एमालेले प्रधानमन्त्रीलाई भन्यो : नयाँ सरकारका लागि भोलिसम्म बाटो खोलिदिनू


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले नयाँ सरकार गठनका लागि भोलिसम्म मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भनेको छ ।

मंगलबार ललितपुरको च्यासलमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा भएको सहमतिअनुरुप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आव्हान गर्ने निर्णय भएको छ’, ज्ञवालीले अगाडि भने ।

उनले अहिले कांग्रेस र एमालेबीच मात्रै सहमति भएको बताउँदै अब राष्ट्रिय सहमतिको सरकारको पहल हुने जानकारी दिए ।

‘कांग्रेस र एमालेबीचमा मात्रै समझदारी भएको छ । केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागत गर्ने निर्णय बैठकले गरेको छ,’ उनले भने, ‘सहमतिको सरकारमा सहभागी भएर राजनीतिक स्थायित्वमा सहयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरिएको छ । त्यसका लागि प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ ।’

एमालेले कांग्रेससँगको सहमति अनुसार अध्यक्ष ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ ।

सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमतिमा हस्ताक्षर भएको थियो । सरकारको नेतृत्वमा आलोपालो गर्ने सहमति भएको हो । सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको छ । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति रहेको नेताहरूको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : ०२ बजे

बन्दीपुर केवलकारको आइपीओ सर्वसाधारणका लागि खुल्यो

काठमाडौं – बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि साधारण

साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश खेल्ने

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

श्रीनगर एग्रीटेकको आइपीओ बिक्री सुरु

काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर (आइपीओ) बिक्री

भक्त राना स्मृति बुद्धिचालको उद्घाटन प्रचण्डले गर्दै

काठमाडौं – भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधबार सुरु हुँदैछ।

रुवी साह हत्या आरोपी लक्ष्मण पासवान पक्राउ

रौतहट – रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका