एकीकृत समाजवादीको महाधिवेशनमा आज समूह नेताको प्रस्तुति « Khabarhub

एकीकृत समाजवादीको महाधिवेशनमा आज समूह नेताको प्रस्तुति


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको महाधिवेशन आज पनि जारी रहने छ । महाधिवेशन अन्तर्गत आज दलको राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा आएका सुझाव पेश गर्ने कार्यक्रम रहेको छ ।

उक्त दस्तावेजबारे प्रतिनिधिहरुलाई १२ समूहमा विभाजन गरी छलफल गरिएको छ । छलफलबाट आएका सुझावलाई आज बिहान ११ बजे सुरु हुने बैठकमा टोली नेताले प्रस्तुत गर्नेछन् ।

महाधिवेशनमा चारवटा प्रतिवेदनहरू प्रस्तुत भएका थिए । जसमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, नेपाली विशेषताको समाजवाद र विधान संशोधन प्रस्ताव रहेका थिए ।

समूहका टोली नेताको प्रस्तुति सकिएपछि दस्तावेज परिमार्जनसहित अनुमोदन हुने एकीकृत समाजवादीले जनाएको छ । त्यसपछि नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ ।

महाधिवेशनमा देशभरबाट एक हजार ८४९ प्रतिनिधि सहभागी छन् । ती प्रतिनिधिले २९९ केन्द्रीय सदस्य, २१ पदाधिकारी चयन गर्नेछन् ।

महाधिवेशनमा अध्यक्ष पदका लागि माधवकुमार नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने बताइएको छ । तर माधवकुमार नेपाललाई नै पुनः अध्यक्ष बनाउन नेताहरु प्रयासरत छन् ।

विधान संशोधन गरी पार्टीको सम्मानित नेता, वरिष्ठ नेताको पद सिर्जना गरिएको छ ।

आइतवार सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि समापन हुने एकीकृत समाजवादीले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : ०५ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको