सुदूरपश्चिममा कांग्रेस–एमाले छलफल सुरु « Khabarhub

सुदूरपश्चिममा कांग्रेस–एमाले छलफल सुरु


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम- नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्यका लागि केन्द्रमा भएको सहमतिपछि सुदूरपश्चिममा पनि दुबै पार्टीका संसदीय दलका नेताहरु पनि छ्लफलमा जुटेका छन् ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच मंगलबार राति कञ्चनपुरको महेन्द्रनगरमा प्रदेश सरकार सञ्चालनबारे छलफल भएको छ ।

दुबै दलका नेताबीच प्रदेश सरकारबाट एमालेका मन्त्रीहरू फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा छलफल भएको वार्तामा सहभागी कांग्रेस सांसद प्रकाशबहादुर देउवाले बताए ।

कांग्रेस संसदीय दलका नेता शाहले पनि केन्द्रमा भएको सहमतिअनुसार प्रदेशमा पनि दुबै पार्टीको साझेदारीमा सरकार सञ्चालन गर्ने विषयमा छलफल भएको बताए ।

सुदूरपश्चिम प्रदेशमा हाल एमालेको समर्थनमा नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ८ : ५७ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी