तालिबानद्वारा अमेरिकासँग बन्दी आदानप्रदानबारे छलफल | Khabarhub Khabarhub

तालिबानद्वारा अमेरिकासँग बन्दी आदानप्रदानबारे छलफल


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा रहेका अफगानी बन्दीको ‘आदानप्रदान’ गर्ने विषयमा अमेरिकासँग छलफल भएको तालिवान सरकारका अधिकारीले बुधबार बताएका छन् ।

प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले हाम्रा नागरिकलाई आदानप्रदानमा मुक्त गर्न सक्षम हुनुपर्छ, जसरी अमेरिकी नागरिकहरू उनीहरू (संयुक्त राज्य अमेरिका) का लागि महत्वपूर्ण छन्, त्यसरी अफगानीहरू हाम्रा लागि महत्वपूर्ण छन् ।’

कतारमा संयुक्त राष्ट्रङ्घको नेतृत्वमा भएको वार्ताका क्रममा अमेरिकी प्रतिनिधिसँग कैदी आदानप्रदानका विषयमा छलफल भएको उनले बताए। 

संयुक्त राष्ट्रसङ्घका अधिकारी, तालिवान अधिकारी र अफगानिस्तानका लागि विशेष दूतको उपस्थितिमा भएको वार्ता सोमबार सकिएको हो ।

‘दुई जना अमेरिकी नागरिक अफगानिस्तानमा थुनिएका छन्,’ पत्रकार सम्मेलनमा मुजाहिदले भने, ‘क्युबाको गोप्य अमेरिकी जेलसहित अमेरिकामा पनि अफगानी कैदीलाई राखिएको छ ।

उनले भने, ‘हामीले उनीहरूसँग उनीहरूको रिहाइका लागि यसअघि पनि छलफल गरिसकेका छौँ । अफगानिस्तानको शर्त स्वीकार गर्नुपर्छ ।’

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ४ : ४३ बजे

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल

वीरगञ्ज भन्सारबाट ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को ११ महिनामा

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको

सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन !

छुटिएको एक जोडी पति पत्नीको सम्बन्ध पुनः कायम होस् भनेर