विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु « Khabarhub

विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

झापाविपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने १३ करोडभन्दा बढीको क्षति भएको छ । 

चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा बाढी, आगलागी, हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाका कारण १५ को मृत्यु र  १३ करोड ७२ लाख ८४ हजार नौ सयको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताए । 

हावाहुरीबाट रु दुई करोड ७६ लाख ४० हजार, बाढीबाट रु एक करोड ५० लाख, आगलागीबाट रु नौ करोड ८३ लाख ६ सय र चट्याङले रु आठ लाख ४४ हजार तीन सय बराबरको भौतिक क्षति भएको छ । 

त्यस अवधिमा बाढीबाट नौ जनाको मृत्यु र एक बेपत्ता, आगलागीबाट तीनको मृत्यु, २३ जना घाइते र चट्याङ लागेर तीनको मृत्यु, तीनजना घाइते भएका प्रवक्ता चन्दले जानकारी दिए।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : ०६ बजे

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको