अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न चार करोड ३४ लाख बजेट | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न चार करोड ३४ लाख बजेट


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक, मिसन–२०२६ र छैटौँ एसियन इण्डो मार्सल आर्ट–२०२४ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न चार करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको बताएका छन्  ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा मन्त्री श्रेष्ठले बृहत् अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि राष्ट्रियस्तरमा १० खेलका करिब दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण दिइने बताए । उनले ती प्रशिक्षणको तयारी गर्न चार करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए  ।

मन्त्री श्रेष्ठले विभिन्न अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिता जनाउन दुई करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको उल्लेख गरे । बाघचाल, डण्डिबियो र घोडचढीलगायत मौलिक एवं परम्परागत खेलकुद प्रतियोगिताको विकासका लागि रु ११ लाख बजेट विनियोजन गरिएको उनले संसद्मार्फत जानकारी दिए ।

मन्त्री श्रेष्ठले खेलकुदका माध्यमबाट पर्यटनको विकास र विस्तारका लागि विभिन्न ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको भन्दै जुम्लाको पातारासीमा स्वदेशी तथा विदेशी खेलाडीलाई तालिममा आकर्षित गर्न तथा ‘हाइअल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माण गर्न चार करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख गरे ।

दोलखाको शैलुङमा तेक्वान्दो खेलको हाइअल्टिच्युड ट्रेनिङ कभर्डहल निर्माण गर्न दुई करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री श्रेष्ठले बताए । उनले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्न चार करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको भन्दै आगामी वर्षदेखि पदक जितेर आउने बित्तिकै खेलाडीको बैंक खातामा पुरस्कारबापतको रकम जाने व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ४ : ०३ बजे

मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य

आयोजक सम्झौताबाट हटेपछि बिक्कीको टोलीको अमेरिका टुर रोकियो

काठमाडौं – ‘फ्लाई नेपा’ले अमेरिकामा तय गरेको कार्यक्रम ‘अब हाँस्छ

गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

नारायणगढ– गैँडाको आक्रमणमा परी चितवनको भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय

जलवायु परिवर्तन र मुस्ताङको सकस

काठमाडौं– जलवायु परिवर्तनले विश्वलाई प्रभावित पार्दै आइरहेको छ । यो

इरानबाट विद्यार्थीसहित १० हजार नागरिकलाई उद्धार गर्ने भारतको तयारी

नयाँदिल्ली– इजरायलयसँगको युद्ध चर्किँदै गएपछि भारतले इरानमा रहेका आफ्ना १०