झलनाथलाई रामकुमारीको प्रश्न- महाधिवेशन प्रतिनिधिलाई घर पठाउने म्यान्डेट कसले दियो ? « Khabarhub

झलनाथलाई रामकुमारीको प्रश्न- महाधिवेशन प्रतिनिधिलाई घर पठाउने म्यान्डेट कसले दियो ?


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री जारी दशौँ महाधिवेशनमा अध्यक्षमण्डलको भूमिकालाई लिएर प्रश्न उठाएकी छन् ।

अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी र केन्द्रीय सदस्य छान्नै बाँकी रहेको अवस्थामा अध्यक्षमण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन प्रतिनिधिलाई घर जान भनेको कुरालाई लिएर उनले आक्रोश पोखेकी हुन् ।

रामकुमारीले अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत गर्न आफूले पनि प्रयास गरेको बताएकी छन् ।

‘तर, अध्यक्षमण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत गर्‍यौँ भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो?’, उनले खनाललाई सोधेकी छन्, ‘को पदाधिकारी, को सदस्य खोई त खनाल कमरेड?’

झाँक्रीले हलबाट सम्मानित नेता खनालले सबै प्रतिनिधिहरूलाई आजै बेलुका घर गएर भोलि बिहान खाना खान आउन भनेका थिए । त्यसकै विरोधमा रामकुमारीले आफ्नो भनाइ सार्वजनिक गरेकी हुन् ।

उता खनालले रामकुमारीको भनाइबारे छोटो प्रतिक्रिया दिएका छन् । ‘मैले रामकुमारीजीलाई नेता बनाउन सकेको रहेनछु। महाधिवेशन प्रतिनिधिहरुलाई घर जानु भनेको होइन, आज कोठामा गएर बस्नु र भोलि खाना खाने गरी आउनु भनेको हुँ’, खनालले महाधिवेशनस्थल प्रज्ञा भवनमा भने ।

रामकुमारीले गलत अर्थ लाग्नेगरी अभिव्यक्ति दिएपछि आफूलाई दुःख लागेको उनले बताए । ‘मैले नेता नै बनाउन नसकेको रहेछु’, उनले निराश हुँदै भने ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ६ : ५० बजे

विपक्षी सांसदले आफैं समय तोकेर मौनधारण गरेपछि…

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधि सभाको आजको बैठकमा आफैँ समय तोकेर

मानवअधिकार आयोगको प्रतिवेदन लत्याउँदै सुधनलाई फेरि गृहमन्त्रालयको चाबी

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनबारे

प्रतिनिधिसभामा आज पनि विपक्षीको विरोध जारी

काठमाडौं–  प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठक सुरु हुनेवित्तिकै विपक्षी

सरकारले सुशासनका राम्रा अभ्यास गरेको छ : यादव

नेपालगन्ज– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बिचौलियाको अन्त्य गर्न

सुधन र महावीर मन्त्री बन्दै, राष्ट्रपति कार्यालयमा पुग्यो पत्र 

काठमाडौं– गृहमन्त्रीमा सुधन गुरुङ फर्किने पक्का भएको छ । यस्तै