आज २०८१ साल असार २१ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल असार २१ गते शुक्रबारको राशिफल


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार २१ गते शुक्रबार तदनुसार सन् २०२४ जुलाई ५ तारिख। असार कृष्ण पक्षको औसी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : उचित निर्णय गर्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा लगानी भए सम्मान बढ्नेछ। शिक्षामा गरिएको प्रयास सफल बन्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृष : धनलक्ष्मी योग परेको छ। सानो प्रयास गरेमा लगानीका क्षेत्रमा नाफा हुनेछ। कृषि क्षेत्रमा सबैभन्दा धेरै फाइदा हुने देखिन्छ। राजनीतिमा विश्वास गरेकै मान्छेबाट घात हुनेछ।

मिथुन : पुराना मित्रबाट सहयोग मिल्नेछ। लामो समय रोकिएको काम बन्नेछ। समाजसेवाको क्षेत्रमा सम्मान प्राप्त हुनेछ। आफ्नो ख्याल नगरेका कारण रोगले सताउने जोखिम देखिन्छ। व्यापार र वैदेशिक क्षेत्रको काम गर्दा परिवारसँग सल्लाह गर्नु राम्रो हुनेछ।

कर्कट : दिन संघर्षपूर्ण छ। समस्याबाट समाधान खोज्नु राम्रो हुन्छ। अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। अपरिचित व्यक्तिको सहयोग मिल्नेछ। लगानी गर्नु भन्दा संरक्षण गर्नु राम्रो हुन्छ।

सिंह : शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा रुचि बढनेछ। आफ्नै दोहोरो चरित्रमा सुधार ल्याएमा साथीले सहयोग गर्नेछन्। प्रविधिक शिक्षाबाट उन्नति हुनेछ।

कन्या : आफ्नो काम सफल पार्ने दिन हो। व्यापारमा जानकार व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। नबुझेको विषय बुझेँ भन्दा परिस्थिति जटिल बन्नसक्छ। काम गर्नु अगाडि परिवारको साथ र सहयोग लिनु फाइदाजनक हुनेछ।

तुला : धार्मिक कार्यमा मन जाने दिन छ। मन शान्त हुनेछ। नयाँ यात्रामा पुराना साथीसँगको भेटले दिन रमाइलो रहनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। साथीको साथ मिल्नेछ।
परिवारसँगको सम्बन्धमा समस्या बढ्नसक्ने जोखिम देखिन्छ।

वृश्चिक : कामको व्यस्तताले खानपानमा समस्या हुनसक्छ। मनमा कुरा गुम्स्याउने बानीले स्वास्थ्यमा असर पुग्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : बौद्धिक व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। महत्तवपूर्ण जिम्मेवारी पाएर अवसर मिल्नेछ। परिवारबाट प्राप्त सहयोगले दिन रमाइलो बन्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। राम्र्रो कामको विरोध हुने भएकाले सचेत हुनु राम्रो हुनेछ। रिस बढ्ने देखिन्छ। रिसले गर्दा नराम्रो भावनाको विकास हुने जोखिम छ।

कुम्भ : बौद्धिक क्षेत्रमा सुधरको संकेत देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारमा शंका बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा राम्रो हुन्छ।

मीन : समय अप्ठेरो छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। भएको जोगाउने दिन हो। लगानीमा हात अगाडि नबढाउनु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ५ : १८ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक