प्रशिक्षक टेन ह्याग थप दुई वर्ष म्यानचेस्टर युनाइटेडमै रहने « Khabarhub

प्रशिक्षक टेन ह्याग थप दुई वर्ष म्यानचेस्टर युनाइटेडमै रहने


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक एरिक टेन ह्यागसँग थप दुई वर्षको सम्झौता गरेको छ ।

क्लबले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षक टेन ह्यागसँग जुन २०२६ सम्म सम्झौता गरेको जानकारी दिएको छ । क्लबले टेन ह्यागलाई बर्खास्त गर्ने र नयाँ प्रशिक्षक भित्र्याउने चर्चा चलिरहेका बेला सम्झौता नवीकरण गरेको हो ।

क्लबसँग सम्झौता नवीकरण गरेपछि टेन ह्यागले आउँदा दिनमा आफूले क्लबलाई थप ट्रफी दिलाउन प्रयास गर्ने बताए । उनले इङलिस र युरोपमा उपाधि जित्न धेरै मिहिनेत गर्नुपर्ने बताउँदै मिलेर त्यो लक्ष्य पुरा गर्ने बताएका छन् ।

२०२२ को मे २३ मा नेदरल्याण्डसको क्लब आयाक्सबाट म्यानचेस्टर युनाइटेड आएका टेन ह्यागले ११४ खेलमा क्लबलाई ६६ जित र १७ बराबरी तथा ३१ हार बेहोरेका छन् ।

उनको नेतृत्वमा म्यानचेस्टर युनाइटेडले यस सिजनको एफए कप तथा २०२२-२३ मा इपिएल कप जिताएका छन् ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ८ : ३९ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन