रणकलाको जीवनमा के होला ? सिक्वेल खोज्नेलाई यस्तो छ ‘बुलबुल’ टिमको जवाफ « Khabarhub

रणकलाको जीवनमा के होला ? सिक्वेल खोज्नेलाई यस्तो छ ‘बुलबुल’ टिमको जवाफ


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘बुलबुल’ हेरिसकेका दर्शकको मनमा प्रश्न उठ्छ – यसपछि रणकलाको जीवनमा के होला ? किनकि, यो फिल्मको इन्डिङ परम्परागत फिल्म हेरिरहेका आम दर्शकका लागि अस्वभाविक छ ।

फिल्मका निर्मातामध्येका एक अविरल थापाले भने यो फिल्मको सिक्वेल नबन्ने बताएका छन् । खबरहबसँगको कुराकानीमा थापाले भने, ‘यसको सिक्वेल कुनै हालतमा पनि बन्दैन, यसको कथा पनि मान्छेको जीवनजस्तै हो, रणकलाको जीवन कसरी अगाडि बढ्छ, त्यो दर्शकले अनुमान गर्नुहुन्छ ।’

एक टेम्पो चालक महिलाको कथालाई लिएर बनाइएको यो फिल्मले समीक्षात्मक रुपमा राम्रो तारिफ बटुलेको छ । यद्यपि फिल्मले ‘छक्का पञ्जा’, ‘शत्रु गते’ जस्ता फिल्मले झैँ हलमा दर्शक ल्याउन सकेको छैन ।

‘बुलबुल’को एक दृश्य

निर्माता थापाले अहिले निर्माण भइरहेका मसालेदार फिल्म हेर्ने दर्शकलाई ‘बुलबुल’ को ‘टेस्ट’ मन नपर्न सक्ने लागेकाले आफूहरुले खासै प्रचार नगरेको बताए । ‘अर्गानिक फिल्म हेर्ने दर्शकले फिल्म हेरेर दर्शक झुक्याएको ठान्नुहोला भनेर प्रचार गरेनौँ, हेरेका दर्शकले फिल्म मन परेको सामाजिक सञ्जालमा लेख्नुभएको छ,’ थापाले भने ।

फिल्म कलेजका प्रिन्सिपल समेत रहेका विनोद पौडेलले निर्देशन गरेको यो फिल्ममा स्वस्तिमा खड्का, मुकुन ढकाल, जोयश पाण्डे, लक्ष्मी बर्देवा लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, अनिमेश सापकोटाको सम्पादन सुसान प्रजापतिको छायांकन छ ।

फागुन ३ गतेदेखि प्रदर्शनमा आएको फिल्ममा कथा तथा पटकथा निर्देशक पौडेलकै छ ।

ट्रेलर:

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  १२ : ४४ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम