एशिया कप खेल्ने महिला क्रिकेट टिमको बिदाई « Khabarhub

एशिया कप खेल्ने महिला क्रिकेट टिमको बिदाई


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडीको बिदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीले महिला क्रिकेट टिमलाई बिदाई गरेका हुन् ।   

महिला एशिया कपमा जुलाई १९ देखि हुने यस प्रतियोगितामा नेपाल भारत, पाकिस्तान र युएईसहित समुह ए मा रहेको छ । एशिया कप अघि नेपाली महिला टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट टिमसँग जुलाई १६ मा अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । 

एशिया कप खेल्न इन्दु बर्माको कप्तानीमा १५ खेलाडी छानिएको छ । जसमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी रहेका छन् ।

महिला एशिया कप जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने तय भएको छ ।  प्रतियोगिताको यो संस्करण आठ देश सहभागी हुने छन् ।

भारत, पाकिस्तान, श्रीलंकाबंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्न दिने निर्णय गरको थियो ।

एशिया कपमा नेपाल समुह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समुह ए मा रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल एसिया कपको उद्घाटनकै दिन जुलाई १९ मा युएईविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसीसीले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ७ : १३ बजे

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम