आज राति सुदूरपश्चिममा भारी वर्षाको सम्भावना « Khabarhub

आज राति सुदूरपश्चिममा भारी वर्षाको सम्भावना


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा आज रातिदेखि आइतबारसम्म अति भारी वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपाउन अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले आज रातिदेखि भोलिसम्म सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको बताए।

प्रदेशमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा डडेलधुराको साहुखर्क क्षेत्रमा ८२ दशमलव आठ मिलिमिटर (मिमी)र कञ्चनपुरको बेलौरी क्षेत्रमा ५५ दशमलव ६ मिमी वर्षाको मापन भएको छ । प्रदेशमा शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

साहले भने, “वर्षासँगै कैलाली र कञ्चनपुरका अधिकांश नदीनालामा बाढी आउन सक्ने पूर्वानुमान गरिएकाले सबैलाई सतर्कता अपनाउन आग्रह छ ।”

महाकाली नदीको जलसतह बढेर शनिबार साँझ पाँच दशमलव ६१ मिटर पुगेको छ । यस नदीमा पानीको बहाव पाँच दशमलव ८० पुगेमा चेतावनी तह नजिक पुगेको मानिन्छ ।

बझाङको चैनपुरस्थित सेती नदीमा उर्लिएर आएको बाढीले नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ । साँझसम्म सेती नदीमा तीन दशमलव ५५ मिटर जलसतह पुगेको जनाइएको छ ।

कैलाली र बर्दियाको सीमा हुँदै बग्ने कर्णाली नदीमा साँझसम्म जलसतह सात दशमलव शून्य दुई मिटर मापन गरिएको छ । पहाडी क्षेत्रमा वर्षा भएमा नदीको सतह बढ्न गई तटीय क्षेत्रमा जोखिम हुनसक्ने देखिएको छ ।

कैलाली र कञ्चनपुरका दोदा, सुनवरा, मछेली, कान्द्रा, पथरैया, काँडा, खुटिया, शिवगङ्गा, मोहनालगायतका नदीमा बाढी आउनसक्ने र यसबाट यी जिल्लाका होचो स्थानमा रहेका बस्ती जोखिममा पर्ने साहले बताए ।

निरन्तरको वर्षासँगै प्रदेशको पहाडी क्षेत्रका कतिपय राजमार्गका विभिन्न खण्डमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको छ ।

समुदायलाई सचेत गराउन र आवश्यक तयारी गर्न कैलालीसहितका जिल्लामा पूर्वसूचना प्रणाली कार्यान्वयनमा रहेको छ ।

बाढी, डुबान, कटानको सम्भावित विपद्बारेको पूर्वसूचना प्रवाह गर्न नदीमा पानीको बहाव मापन गर्न परिचालित हुनेगरेका ‘गेज रिडर’ले तल्लो तटीय क्षेत्रका बासिन्दाका साथै जिल्ला प्रशासन कार्यालयलगायत निकायलाई सूचना गर्ने गर्दछन् । अधिकांश नदी किनारमा पानीको बहाव मापन गर्न ‘गेजमिटर’ जडान गरिएका छन् ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १० : ३२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल