महाकालीमा पानीको बहाव बढ्यो, सवारी चलाउन रोक « Khabarhub

महाकालीमा पानीको बहाव बढ्यो, सवारी चलाउन रोक


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (वनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज  लगाइएको छ ।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो ।

साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए ।

आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ ।

शनिबार अपराह्नदेखि नै पानीको बहाव बढेपछि वनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको उनको भनाइ छ ।

शनिबार साँझ महाकालीमा एक लाख पाँच हजार क्युसेक पानी मापन गरिएको थियो ।

वनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाएपछि पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सूचना जारी गर्दै नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् ।

केन्द्रीय विपद् व्यवस्थापन महाशाखाका अनुसार कञ्चनपुर र कैलालीमा भारी वर्षा हुने सम्भावना छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ९ : ३८ बजे

सरकारले सुरक्षा दिए चुनावमा जान तयार छौँ, एमाले पनि तयार छ : सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरू निर्वाचनमा

कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौं – नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई थप १५ वर्षको जेल सजाय

एजेन्सी – मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको मुद्दामा दोषी

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्न आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक

तीन नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह : जसरी भएपनि निर्वाचन सफल पारौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई