मीना ढकाल पक्राउ, मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी थिइन् « Khabarhub

मीना ढकाल पक्राउ, मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी थिइन्


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


82.4k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – पछिल्लो समय विभिन्न विवादित अभिव्यक्ति दिँदै आएकी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले ढकाललाई साइबर क्राइमसम्बन्धी मुद्दामा पक्राउ गरिएको जानकारी दिए ।

‘मीना ढकाललाई भक्तपुरबाट पक्राउ गरिएको छ, उनलाई साइबर क्राइमसम्बन्धी मुद्दामा हिरासतमा लिएका छौँ’, कार्कीले खबरहबसँग भने, ‘उनीविरुद्ध भक्तपुर परिसरबाटै अब मुद्दा अघि बढाउँछौँ ।’

प्रहरीका अनुसार ढकाल दलबलसहित आइतबार बिहान भक्तपुरको बालकोटस्थित मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी थिइन् ।

गजुरेलसँग सम्बन्ध विच्छेद गरेको लामो समय बितिसक्दा पनि उनले पछिल्लो पटक बालकोटको घर आफ्नो भन्दै त्यहाँ आफू बस्ने बताइरहेकी थिइन् ।

डीएसपी कार्कीले बालकोटस्थित गजुरेलको घरमा ताला लगाउन केही युवाहरूसहित पुगेको अवस्थामा ढकाललाई नियन्त्रणमा लिएको जानकारी दिका छन् ।

मीना दलबलसहित बालकोट पुग्दा उनका पूर्वपति मनोज भने घरमा थिएनन् । उनले मनोजकी ८५ वर्षीया आमालाई धाकधम्की दिएर घरमा चाबीसमेत लगाइसकेकी थिइन् ।

मनोजको घरमा चाबी लगाएर बाहिरिँदै गरेको अवस्थामा छिमेकीहरूले प्रहरीलाई खबर गरिदिएका थिए। त्यसपछि तत्कालै पुगेको प्रहरीले मीनालाई हिरासतमा लिएको हो ।

मनोजले मीनासँगको सहमतिमै २०७४ सालमा सम्बन्धविच्छेद गरेका थिए । उनले अहिले अर्को बिहेसमेत गरिसकेका छन् ।

तर मीनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गरिरहेपछि साइबर क्राइमसम्बन्धी उजुरी परेको थियो । उजुरी परिसक्दा पनि मीना आइतबार दलबलसहित मनोजको घरमा ताला लगाउन जाँदा समातिएकी हुन् ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १२ : ३८ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ ।