विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सांसदको ध्यानाकर्षण « Khabarhub

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सांसदको ध्यानाकर्षण


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सांसदहरूले निरन्तरको वर्षासँगको बाढी र पहिराबाट सिङ्गो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा उनीहरूले बाढी र पहिराबाट धनजनको क्षति कम हुने गरी प्रतिकार्यलाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका हुन् ।

सांसद शंकर भण्डारीले मुलुकभर बाढी र पहिरोका कारण धनजनको क्षति भएकाले प्रतिकार्यका लागि तयारी अवस्थामा रहन राज्यका निकायको ध्यानाकर्षण गराए  । उनले सम्भावित जोखिमको पूर्वानुमान गरेर उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने बताए  ।

त्यस्तै सांसद हितराज पाण्डेले लगातारको वर्षाका कारण देशका विभिन्न भागमा जनधनको क्षति भएको भएकाले विपद्मा परेका नागरिकको उद्धार तथा राहत वितरणमा केन्द्रित हुन ध्यानाकर्षण गराए  । पाण्डेले विपद्का बेला सबै राजनीतिक दल, सुरक्षा निकाय, आम नागरिक एक भएर लाग्नुपर्ने उल्लेख गए ।

त्यस्तै सांसद सूर्यबहादुर थापा क्षेत्रीले मनसुनजन्य विपदमा परेका नागरिकको उद्धार तथा राहतमा भन्दा पनि वर्तमान सरकार सत्ताको पिडामा रहेको बताए । उनले बर्सेनि दोहोरिने विपद्का घटना न्यूनीकरण गर्न सरकारकाले विशेष योजना बनाउनुपर्ने र वर्षाका कारण अवरुद्ध सडक व्यवस्थित गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

त्यस्तै सांसद अब्दुल खानले विकास निर्माणका परियोजनालाई प्राकृतिक प्रकोप प्रतिरोधी बनाउन माग गरे । अन्य सांसदहरूले प्रतिकार्यका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १ : ३१ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी