विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सांसदको ध्यानाकर्षण « Khabarhub

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सांसदको ध्यानाकर्षण


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सांसदहरूले निरन्तरको वर्षासँगको बाढी र पहिराबाट सिङ्गो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा उनीहरूले बाढी र पहिराबाट धनजनको क्षति कम हुने गरी प्रतिकार्यलाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका हुन् ।

सांसद शंकर भण्डारीले मुलुकभर बाढी र पहिरोका कारण धनजनको क्षति भएकाले प्रतिकार्यका लागि तयारी अवस्थामा रहन राज्यका निकायको ध्यानाकर्षण गराए  । उनले सम्भावित जोखिमको पूर्वानुमान गरेर उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने बताए  ।

त्यस्तै सांसद हितराज पाण्डेले लगातारको वर्षाका कारण देशका विभिन्न भागमा जनधनको क्षति भएको भएकाले विपद्मा परेका नागरिकको उद्धार तथा राहत वितरणमा केन्द्रित हुन ध्यानाकर्षण गराए  । पाण्डेले विपद्का बेला सबै राजनीतिक दल, सुरक्षा निकाय, आम नागरिक एक भएर लाग्नुपर्ने उल्लेख गए ।

त्यस्तै सांसद सूर्यबहादुर थापा क्षेत्रीले मनसुनजन्य विपदमा परेका नागरिकको उद्धार तथा राहतमा भन्दा पनि वर्तमान सरकार सत्ताको पिडामा रहेको बताए । उनले बर्सेनि दोहोरिने विपद्का घटना न्यूनीकरण गर्न सरकारकाले विशेष योजना बनाउनुपर्ने र वर्षाका कारण अवरुद्ध सडक व्यवस्थित गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

त्यस्तै सांसद अब्दुल खानले विकास निर्माणका परियोजनालाई प्राकृतिक प्रकोप प्रतिरोधी बनाउन माग गरे । अन्य सांसदहरूले प्रतिकार्यका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १ : ३१ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन