योगेश भट्टराई भन्छन्- देशलाई थप बिग्रिन नदिन कांग्रेस-एमाले एक ठाउँमा आएका हौँ  | Khabarhub Khabarhub

योगेश भट्टराई भन्छन्- देशलाई थप बिग्रिन नदिन कांग्रेस-एमाले एक ठाउँमा आएका हौँ 


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस- एमाले एक ठाउँमा आउने गरेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा कांग्रेस-एमाले एक ठाउँमा आउने गरेको स्मरण गर्दै अहिले पनि त्यही अभ्यास गरेको बताएका हुन् ।

देश आर्थिक रुपमा संकटमा रहेको र संविधानका केही विषयलाई सुधार गरेर अगाडि जानुपर्ने परिस्थिति बनेकोले कांग्रेस-एमालेबीच सहकार्य भएको उनले स्पष्ट गरेका छन् ।

पुष्पकमल दाहाल प्रचण्डलाई अवसर दिन आफूहरू सरकारमा लो-प्रोफाइलमा बसेर सहयोग गरेको बताउँदै प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल सुरु गरेको आरोप लगाए ।

उनले देशभित्र आत्मविश्वास बढाउन, संकटग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउन, विदेशिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न र अन्तर्राष्ट्रियस्तरमा नेपालबारे विश्वास बढाउन कांग्रेस- एमाले मिलेर काम गर्ने बताए ।

उनले प्रधानमन्त्री प्रचण्ड अल्पमतमा रहेको बताउँदै संवैधानिक सर्वोच्चता स्वीकार गरेर राजीनामा गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले विश्वास गुमाइसकेको अवस्थामा यसै सांसदबाट राजीनामा गर्नु नै सही निर्णय हुने बताउँदै उनले असार २८ गते विश्वासको मत लिनुको कारण के हो ? भन्दै प्रश्न गरे ।

सचिव भट्टराईले रास्वपालाई प्रधानमन्त्रीको डुंगामा किन बसेको भन्दै एक पटक सोच्न आग्रह गरे ।

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १ : ४७ बजे

दक्षिण अफ्रिकाका अलराउन्डर वेन पार्नेल जनकपुर बोल्ट्समा आबद्ध

काठमाडौं – दक्षिण अफ्रिकाका अनुभवी अलराउन्डर वेन पार्नेल नेपाल प्रिमियर

रविले कारागारबाटै सोधे : मेरो मुद्दाबारे वर्तमान सरकारको धारणा के छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि

अफताब आलमको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम उपचारका लागि काठमाडौँ

चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुईजना पक्राउ

काठमाडौं – उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले चाइनिज पेस्तोल

काठमाडौं र ललितपुरमा दुई जना मृत फेला

काठमाडौं – काठमाडौं र ललितपुरमा आज दुईजना मृत भेटिएका छन्