प्रचण्डलाई सुनील शर्माको कटाक्ष : ओराली लागेको हरिणको चाल भो ! « Khabarhub

प्रचण्डलाई सुनील शर्माको कटाक्ष : ओराली लागेको हरिणको चाल भो !


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कटाक्ष गरेका छन् ।

आइतबार बसेको संसद् बैठकमा बोल्ने क्रममा उनले दाहालप्रति लक्षित गर्दै वरिष्ठ गायक रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’गीत सुनाएका छन् ।

आफूले उक्त गीत आगामी असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्डप्रति समर्पित गरेको पनि उनले बताएका छन् ।

सांसद शर्माले यस गीतमा कुनै नियम आपत्ति भए डिलिट गर्दा पनि कुनै आपत्ति नरहेको उनले बताए । उनले प्रचण्ड नेतृत्वको सरकारमा मेडिकल शिक्षा र ट्याक्स प्रणालीमा सुधार गरी जम्मा दुईवटा मात्रै राम्रा काम गरेको बताए ।

प्रचण्ड नेतृत्वको सरकारको पालामा अन्य केही काम नभएको बताउँदै उनले विदेशबाट हुर्रा र मुर्रामात्रै आएको जिकिर गरे ।

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ३ : ०१ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित