१४ किलो चाँदीका गहनासहित तीन जना पक्राउ | Khabarhub Khabarhub

१४ किलो चाँदीका गहनासहित तीन जना पक्राउ


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले १४ दशमलव २५० किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ ।

चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह तथा पर्साको लिपर्नीबिर्ता–६ का ३४ वर्षीय श्रवणप्रसाद कानुलाई पक्राउ गरिएको सिआइबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए  ।

प्रहरीले काठमाडौँको सानो गौचरनस्थित अटो सर्भिसेज प्रालिको अटो वर्कशपभित्र रोकी राखेको अवस्थामा भारतीय नम्बरको बिआर ०६ यु ९०५३ नम्बरको कार चेक गर्दा उक्त कारको डिकीमा लुकाईछिपाई राखेको अवस्थामा सो परिणामको चाँदीको गरगहना बरामद गरेको थियो ।

सिआइबीले अवैध चाँदीका गहना र सोको भण्डारण र बिक्री वितरणमा संलग्नलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

ललितपुरबाट काठमाडौँतर्फ आउँदै गरेको सो भारतीय नम्बरको कारमा अवैध रूपमा चाँदीको गरगहना ल्याई अवैध रूपमा काठमाडौँका विभिन्न स्थानमा बिक्री वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा सिआइबीले यही असार २१ गते उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ६ : १० बजे

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

पोखरा– गण्डकी प्रदेशसभाको हिउँदै अधिवेशन आजदेखि सुरु हुँदैछ । यो

मुलुकको कूल व्यापार घाटा सात खर्ब २३ अर्ब

काठमाडौं– मुलुकको कूल व्यापार घाटा सात खर्ब २३ अर्ब ५८

टर्दै हिउँदे वर्षा- घट्न थाल्यो बिजुली उत्पादन, खाद्यबालीमा पनि गम्भीर असर

काठमाडौं–  हिमाली, पहाडी, तराई तीनै क्षेत्रमा वर्षा र हिमपात नभई

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

दुष्कर्मको अन्धकार हटोस्  : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति