सरुमारानीका १२० जना किसानलाई कोरेली पाडी | Khabarhub Khabarhub

सरुमारानीका १२० जना किसानलाई कोरेली पाडी


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

प्युठान – सरुमारानी गाउँपालिकाले किसानलाई भैसीका कोरेली पाडी वितरण गरेको छ । दुध आयातलाई प्रतिस्थापन गरी दुधजन्य पदार्थमा सरुमारानीलाई आत्मनिर्भर बनाउने उद्देश्यले ती पाडी वितरण गरिएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर बिश्वकर्माले जानकारी दिए।

उनका अनुसार किसानसङ्ग गाउँ सरकार कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई पाडी वितरण गरिएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार पालिकाको ९० प्रतिशत र किसानको १० प्रतिशत लागत साझेदारीमा एक सय २० जना किसानलाई भैँसीका पाडी वितरण गरिएको उहाँले जानकारी दिए।

पछिल्लो समयमा यहाँका किसानमा भैसीपालनको आकर्षण घटेको सरुमारानी गाउँपालिकाका आर्थिक विकास समितिका संयोजक मोहम्मद हलिम हलुवाइको भनाइ छ । उनले भने, “भैसीपालनमा आकर्षण बढाउन, दुध उत्पादन बढाउन र किसानको आय वृद्धि गर्न यो कार्यक्रम फलदायी हुनेमा विश्वास छ ।” गाउँपालिकाले वितरण गरिएका पाडीहरुको निःशुल्क बीमा समेत गरिदिएको छ ।

गाउँपालिका र किसानबीच वितरण गरिएका पाडी पाँच वर्षसम्म विक्री गर्न नपाइने सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जानकारी दिए ।

गाउँपालिकाको आव २०८०/८१ को वार्षिक कार्यक्रमअन्तर्गत रु ३६ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले हरेक तीन महिनामा पाडीको स्थलगत अनुगमन गरी किसानलाई आवश्यक प्राविधिक परामर्श दिने जनाइएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ७ : ५५ बजे

जेनजी आन्दोलनको प्रभाव : हयात होटलका सबै कर्मचारी कटौती

काठमाडौं – जेनजी आन्दोलनपछि सञ्चालनमा आउन नसकेको हयात रिजेन्सी काठमाडौंले

विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा माओवादी केन्द्रसहितको समाजवादी

सोनापुर मिनरलले तिर्यो विद्युत महसुलको पहिलो किस्ता : काटिएको लाइन जोडियो

काठमाडौं – दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रालिले

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

निमोनियाबाट कसरी बच्ने ?

काठमाडौं – आज विश्व निमोनिया दिवस नेपाललगायत विश्वभर विभिन्न चेतनामूलक