सरुमारानीका १२० जना किसानलाई कोरेली पाडी « Khabarhub

सरुमारानीका १२० जना किसानलाई कोरेली पाडी


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

प्युठान – सरुमारानी गाउँपालिकाले किसानलाई भैसीका कोरेली पाडी वितरण गरेको छ । दुध आयातलाई प्रतिस्थापन गरी दुधजन्य पदार्थमा सरुमारानीलाई आत्मनिर्भर बनाउने उद्देश्यले ती पाडी वितरण गरिएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर बिश्वकर्माले जानकारी दिए।

उनका अनुसार किसानसङ्ग गाउँ सरकार कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई पाडी वितरण गरिएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार पालिकाको ९० प्रतिशत र किसानको १० प्रतिशत लागत साझेदारीमा एक सय २० जना किसानलाई भैँसीका पाडी वितरण गरिएको उहाँले जानकारी दिए।

पछिल्लो समयमा यहाँका किसानमा भैसीपालनको आकर्षण घटेको सरुमारानी गाउँपालिकाका आर्थिक विकास समितिका संयोजक मोहम्मद हलिम हलुवाइको भनाइ छ । उनले भने, “भैसीपालनमा आकर्षण बढाउन, दुध उत्पादन बढाउन र किसानको आय वृद्धि गर्न यो कार्यक्रम फलदायी हुनेमा विश्वास छ ।” गाउँपालिकाले वितरण गरिएका पाडीहरुको निःशुल्क बीमा समेत गरिदिएको छ ।

गाउँपालिका र किसानबीच वितरण गरिएका पाडी पाँच वर्षसम्म विक्री गर्न नपाइने सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जानकारी दिए ।

गाउँपालिकाको आव २०८०/८१ को वार्षिक कार्यक्रमअन्तर्गत रु ३६ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले हरेक तीन महिनामा पाडीको स्थलगत अनुगमन गरी किसानलाई आवश्यक प्राविधिक परामर्श दिने जनाइएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ७ : ५५ बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा