काठमाडौं महानगरका सात स्थानमा ७५ भन्दाबढी कलाकारको प्रस्तुति « Khabarhub

काठमाडौं महानगरका सात स्थानमा ७५ भन्दाबढी कलाकारको प्रस्तुति


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका वडा–८ का विभिन्न सात स्थानमा साप्ताहिक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । महानगरपालिकाको स्वर्णिम योजना, सांस्कृतिक महानगरअन्तर्गत काठमाडौंका विभिन्न सात वटा वडामा यस कार्यक्रमलाई साप्ताहिक सांस्कृतिक कार्यक्रमअन्तर्गत अगाडि बढाएको छ ।

सोही कार्यक्रमअन्तर्गत महानगरपालिका वडा–८ को पशुपति भुवनेश्वरी डवली, इँट्टापाखा, दथु टोल, जयबागेश्वरी परिसर, नवाली टोल, तिलगङ्गा तथा पशुपति परिसरमा रहेको घ्याम्पे सत्तलमा कार्यक्रम सम्पन्न भएको काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडा अध्यक्ष आशामान संगतले बताए । उनले विशेषगरी डवली तथा पाटीमा कलाकारले प्रस्तुति दिएको बताए ।

काठमाडौं महानगरपालिका कला, भाषा, जात्रा, पर्व, मेला, अमूर्त सम्पदाको सङ्ग्रहालय रहेको बताउँदै उनले धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेकाले विभिन्न चाड पर्व, जातजाति, रितिरिवाज र चालचलनको विविधताभित्र एकता रहेको उल्लेख गरे ।

उनले कला, संस्कृतिको जीवन्त इतिहास तथा प्राचीन विशिष्ट शैलीको निर्माणका कारण विश्वकै दर्शनीय स्थलमध्येको एक सहरका रूपमा काठमाडौँ परिचित रहेको पनि बताए ।

लोक संस्कृति एवं परम्परागत बाजागाजाको महत्त्वलाई अंङ्गिकार गर्दै यस किसिमका कार्यक्रमको आयोजना हुनु आफैमा महत्वपूर्ण भएको अध्यक्ष संगतले बताए।

उनले विशेषगरी सम्पदा तथा पर्यटन विभागको तदारूकतामा बाजा गाजाको संरक्षणार्थ विभिन्न कार्यक्रमहरू भइरहेको बताउँदै सांस्कृतिक कार्यक्रममा धिमे बाजा, बाँसुरी, नाय्खीं, धाः धिमे, पछिमा, खिं, मादल, नाय खिं, भुस्या, ताः चिम्ता बबुचा छुस्यालगायतका बाजा समेटेर कार्यक्रम प्रस्तुत गरिएको बताए ।

सांस्कृतिक कार्यक्रममा मङ्गलधुन, सयथरी बाजा, येला लुवया, सितला, जिगु थो मन, झांगद, धाः बाजा, पशुपतिनाथ, लाखे, म्युजिक कम्पोजिसन, ल्यामम दाजु मिक्स कम्पोजिसन लगायतका धुनहरू प्रस्तुति गरिएको थियो ।

कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुति रहेको थियो । जसमा कलाकारहरू नेवारी पहिरनमा प्रस्तुत भएका थिए । करिव ७५ जना कलाकारले सामुहिक रूपमा प्रस्तुत गरेको कार्यक्रममा सबै कलाकारहरू आ(आफ्नो मौलिक परम्परागत रूपमा सजिएको थिए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ८ : ४० बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना