वर्षाले कञ्चनपुरको जनजीवन प्रभावित, एक शिशुको मृत्यु « Khabarhub

वर्षाले कञ्चनपुरको जनजीवन प्रभावित, एक शिशुको मृत्यु


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको जनजीवन प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरकाे दोधारा वर्षा मापन केन्द्रका अनुसार पछिल्लो तीन घण्टामा यस क्षेत्रमा भारी वर्षा भएको छ ।

उक्त अवधिमा १०३ मिलिमिटर वर्षा भएको दोधारा वर्षा मापन केन्द्रले जनाएको छ ।

महाशाखाले आज थप वर्षा हुनसक्ने जनाएको छ । उक्त क्षेत्र भइ बहने अधिकांश नदीहरुमा जलसतह खतराको बिन्दु आसपास रहेको जनाइएको छ ।

भारी वर्षासँगै खोला तथा नदीमा पानीको सतह बढ्ने हुँदा त्यसबाट पर्नसक्ने असरबाट जोगिन सबैमा अनुरोध गरिएको छ ।

यसैबीच, कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ पहरियामा डुबान हुँदा घरमा सुतिरहेका सात महिने शिशु सोनु धानुकको मृत्यु भएको छ ।

यस्तै, वेदकोट नगरपालिका–७ सुडा चोक नजिकै रहेको कल्भर्ट पानीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

 

 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ८ : ५१ बजे

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता