रौतहटमा दुई जनाको शव भेटियो, एक जना बेपत्ता « Khabarhub

रौतहटमा दुई जनाको शव भेटियो, एक जना बेपत्ता


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटका छुट्टाछुट्टै स्थानको नदी किनारमा एक महिला र एक पुरुष गरी दुई जनाको शव फेला परेको छ।  

एक जना पुरुष तलाउको पानीमा बेपत्ता भएकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। गरुडा नगरपालिका-५ महमदपुरका २२ वर्षीय अनिल कुमार यादव गाउँछेउकै तलाउमा डुबेको आशंकामा प्रहरीले खोजी कार्य सुरू गरेको छ।

क्षारे रोगबाट ग्रसित यादव सोमबार बिहान शौच गर्न जाँदा दिउँसोसम्म घर नआएपछि घरका मानिसले खोजी गर्दै जाँदा तलाउ किनारमा उसको गम्छा भेटेका थिए।

अनिल शौच गरेर खोला किनारमा गएको समय उनलाई रोगले मुर्छित पारेपछि तलाउमा डुबेर बेपत्ता भएको हुनसक्ने परिवारको आशंका रहेको छ।

सशस्त्र प्रहरी बेस क्याम्प दुधियाभार, हेक्वाटरबाट विपद तथा उद्धार सम्बन्धी सामग्री लिएर गएको टोली र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले तलाउमा अनिलको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रामेश्वर त्वातीले बताएका छन्।

उता जिल्लाको पूर्वीभेग माधव नारायण नगरपालिका-९ गढो गाउँनजिकै बागमती नदी किनारमा आइतबार एक जना पहिचान नखुलेका ५३ वर्षीय पुरुषको शव बरामद गरी सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर रौतहटबाट गएको टोलीले पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको डीएसपी गेहेन्द्र भण्डारीले बताएका छन्।

महिला र पुरुष दुवै शवको सनाखत हुन नसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए। यस पटकको मनसुन सुरू भएयता रौतहटमा डुबेर बेपत्ता भएको यो पहिलो घटना रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ३ : ४९ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन