फिल्म ‘मोदीबेनी’को गीत ‘मन्जुरी’मा वर्षासँग अमरको रोमान्स « Khabarhub

फिल्म ‘मोदीबेनी’को गीत ‘मन्जुरी’मा वर्षासँग अमरको रोमान्स


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रावण १८ गते रिलिज हुने नेपाली फिल्म ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ। सुन्धारास्थित हलमा सोमबार एक कार्यक्रमको आयोजना गरी ‘मन्जुरी’ शीर्षकको गीत सार्वजनिक गरिएको हो । 

गीतमा नायिका वर्षा सिवाकोटी र नव नायक अमर प्रताप श्रेष्ठलाई रोमान्टिक भावमा देख्न सकिन्छ । उनीहरूको प्रेमको सुरुवात र रोमान्स भिडियोमा देख्न सकिन्छ ।

यो गीतमा एसडी योगी र विज्ञान पराजुलीको आवाज रहेको छ । यो गीतको सङ्गीत एसडीले नै गरेका छन् भने राम अविरल बिस्टले शब्द रचना गरेका छन्। सङ्गीत निर्माता रिकेश गुरुङ हुन्।

नव नायक श्रेष्ठले अनुभवी नायिकासँग सहकार्य गर्दा धेरै कुरा सिक्ने अवसर मिलेको बताए । साथै, उनले  कलासहितको अभिनेता बन्ने लक्ष्य रहेको सुनाए । 

नायिका वर्षाले नायक अमरको कामको तारिफ गरिन् । यस फिल्मबाट आफू निकै आशावादी रहेको बताइन् । 

कार्यक्रममा चलचित्रका निर्देशक शङ्कर कोइराला, निर्माताद्वय दिलीप केसी र हरि श्रेष्ठ, चलचित्रका अन्य कलाकारहरू सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सुब्रतराज आचार्य लगायतको उपस्थिति थियो । 

हेर्नुहोस् गीत :

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ४ : ११ बजे

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि