माओवादीलाई पनि साथमा लिएर संविधान संशोधन गर्छौँ : योगेश भट्टराई « Khabarhub

माओवादीलाई पनि साथमा लिएर संविधान संशोधन गर्छौँ : योगेश भट्टराई


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रलाई समेत साथमा लिएर आवश्यकताअनुसार संविधान संशोधन गरिने बताएका छन् ।

सोमबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीेसँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

उनले कांग्रेस–एमालेको संख्याले मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी लगायत दललाई साथमा लिएर अघि बढ्ने बताए ।

आफूहरू संविधान संशोधन दुईतिहाइ नभई सर्वसम्मत ढंगले गर्ने बाटोमा लाग्ने जिकिर पनि उनले गरे ।

संविधान संशोधन गर्न सहज नहुने देखिएकाले कांग्रेस–एमाले एकै ठाउँमा आएको तर्क उनले गरे ।

अब सबै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउने जिकिर उनको छ ।

भट्टराईले सरकार गुमेका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आक्रोशित रहेकाले कांग्रेस र एमालेले सम्झाइरहेको पनि बताएका छन्।

भट्टराईले प्रचण्डलाई माओवादीको संख्याका आधारमा नभई व्यक्तित्वका आधारमा प्रधानमन्त्री स्वीकारेको बताए ।

राष्ट्रिय हितका विषयमा प्रचण्डले साथ दिने दाबी पनि उनले गरे । कांग्रेस–एमालेको बाटोमा सबै दलहरू हिँड्न सके शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, संविधानलाई गतिशील बनाउने र मुलुकलाई सही दिशा दिने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ४ : १९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४