कम्बोडियामा पाँच वर्षीया बालिकालाई एच–५एन–१ बर्डफ्लू « Khabarhub

कम्बोडियामा पाँच वर्षीया बालिकालाई एच–५एन–१ बर्डफ्लू


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नोम पेन्ह – दक्षिणी कम्बोडियाको टेकेओ प्रान्तकी पाँच वर्षीया बालिकामा एच–५एन–१ बर्डफ्लूको अर्को मानव केस पुष्टि भएको छ । यसबाट सन् २०२४ को सुरुदेखि हालसम्म सङ्क्रमितको सङ्ख्या सात पुगेको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

“बिरामीलाई ज्वरो आएको छ, उनको काकाको तीन वर्षीय छोरालाई जुलाई ५ मा भाइरसबाट सङ्क्रमित पाइएको थियो”, दुवै पीडित किरी भोङ जिल्लाको पोउ गाउँमा एउटै घरमा बस्ने गरेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “बालिका बिरामी हुनुभन्दा करिब १० दिनअघि गाउँमा कुखुरा र हाँसहरू मरेका थिए र बिरामीको परिवारले मरेका ती कुखुरा र हाँस पकाएका थिए भने बिरामीको मृत कुखुरासँग प्रत्यक्ष सम्पर्क थियो ।”

यस वर्ष अहिलेसम्म एच–५एन–१ बर्डफ्लूका सातवटा मानव केसमा एक वयस्कसहित छ जना बालबालिका थिए । यसमध्ये एक जनाको मृत्यु भएको थियो । एच–५एन–१ इन्फ्लुएन्जा एक फ्लू हो जुन सामान्यतया बिरामी कुखुराको बीचमा फैलिन्छ । तर यो कहिलेकाहीँ कुखुराबाट मानिसमा फैलिन सक्छ र यसका लक्षणहरूमा ज्वरो, खोकी, नाक बग्ने र गम्भीर श्वासप्रश्वाससम्बन्धी समस्या देखिन्छ ।

बर्डफ्लूले अझै पनि मानिसको स्वास्थ्यमा विशेषगरी बालबालिकाका लागि खतरा रहेको मन्त्रालयले मानिसहरूलाई बिरामी वा मरेको कुखुरा नखान आग्रह गरेको छ । सन् २००३ देखि हालसम्म एच–५एन–१ इन्फ्लुएन्जासँग मानव सङ्क्रमणका ६९ घटना रहेका थिए । यसमा कम्बोडियामा ४२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ८ : १९ बजे

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य