तेस्रो युएसएड यात्रा कोहलपुरमा | Khabarhub Khabarhub

तेस्रो युएसएड यात्रा कोहलपुरमा


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बाँके – नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)ले सुरु गरेको चौथो दिनको यात्रा बाँकेको कोहलपुरमा सम्पन्न भएको छ ।

आज कोहलपुरमा आयोजित कार्यक्रममा स्थानीयको सहभागितामा सांस्कृतिकलगायत विभिन्न प्रस्तुति दिइयो । लुम्बिनी प्रदेशमा युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमबारे जानकारी दिन कपिलवस्तुको वाणगङ्गाबाट सुरु भएको यात्रा बुटवल र लमही हुँदै आज कोहलपुर आइपुगेको हो । यूएसएडका अनुसार मङ्गलबार नेपालगञ्जमा कार्यक्रम आयोजना हुनेछ ।

युएसएडले स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रहरूमा राष्ट्रिय र स्थानीय स्तरका विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ ।

संयुक्त राज्य अमेरिका र नेपालबीचको दौत्य सम्बन्ध झन्डै आठ दशकदेखि रहँदै आएको छ । साथै युएसएडले विगत ६३ वर्षभन्दा लामो समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ । अमेरिकी जनताद्वारा प्राप्त हुँदै आएको अनुदान सहयोगले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्दै आएको छ ।

युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रमार्फत १० लाखभन्दा बढी महिलाहरूको जीवनमा प्रत्यक्ष योगदान पु¥याएको छ भने करिब ५० लाख महिलाहरूले विभिन्न कार्यक्रममार्फत अप्रत्यक्ष रूपमा लाभ लिइसकेको जनाइएको छ ।

सन् २००० देखि युएसएडले नेपालका विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिकाको सशक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रमा रु एक खर्ब ९६ अर्बभन्दा बढीको सहयोग प्रदान गरिसकेको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १० : ५५ बजे

अमेरिकी सरकारले बालबालिका र गर्भवतीलाई कोभिड भ्याक्सिन सिफारिस नगर्ने

एजेन्सी – अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले बालबालिका र

नवराजपुर गापाका पूर्वअध्यक्ष यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी,

सूर्योदय नगरपालिकाको योजना – पशुपालनलाई प्रोत्साहन, दैनिक दुई लाख लिटर दूध उत्पादन

इलाम – यहाँको सूर्योदय नगरपालिकाले व्यावसायिक पशुपालन गर्न किसानलाई प्रोत्साहित

हार्वर्डसँग बाँकी सङ्घीय सम्बन्ध तोड्ने ट्रम्प प्रशासनको प्रयास जारी

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयलाई अभूतपूर्व निगरानीको

इन्द्रावती नदीमा सेनाले गर्‍यो उद्धार अभ्यास प्रदर्शन

काभ्रेपलाञ्चोक – नेपाली सेनाद्वारा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन,