रुसी सेनामा कार्यरत सबै भारतीयलाई बर्खास्त गरेर फिर्ता पठाइने | Khabarhub Khabarhub

रुसी सेनामा कार्यरत सबै भारतीयलाई बर्खास्त गरेर फिर्ता पठाइने


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


13.8k
Shares
  • change font
  • change font
  • change font

मस्को- रूसी सेनामा कार्यरत सबै भारतीयको स्वदेश फिर्तीको बाटो खुलेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यो मुद्दा राष्‍ट्रपति भ्लादिमिर पुटिनसँग उठाएपछि निर्णय भएको हो ।

मोदीको प्रस्‍तावलाई राष्‍ट्रपति पुटिनले स्वीकार गरेका छन् । रूसका राष्‍ट्रपति पुटिनले प्रधानमन्त्री मोदीलाई आफ्नो निवासमा निम्ता गरेका थिए ।

जहाँ दुई नेताबीचमा भएको वार्ताका क्रममा प्रधानमन्त्री मोदीले रूसी सेनामा काम गरिरहेका भारतीयको मुद्दा उठाएका थिए । यसक्रममा पुटिनले प्रधानमन्त्री मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बनेकोमा बधाई दिएका थिए ।

प्रधानमन्त्री मोदी र पुटिनबीच चियावार्ताका क्रममा कयौँ मुद्दामा कुरा भएको छ । यस क्रममा पुटिनले प्रधानमन्त्री मोदीलाई लामो समयदेखिको मिहिनेतका कारण तेस्रो पटक प्रधानमन्त्री बनेको भन्दै प्रशंसा गरे ।

आज प्रधानमन्त्री मोदी मस्कोमा राष्ट्रपति पुटिनसहित २२ औँ भारत-रूस वार्षिक शिखर बैठकमा भाग लिने छन् । लगभग ५ सालमा प्रधानमन्त्री मोदीको यो पहिलो रुस यात्रा हो । उनी पछिल्लो पटक सन् २०१९ मा मस्को पुगेका थिए ।

रूस-भारत वार्ता

प्रधानमन्त्री मोदी र पुटिनबीच चियावार्ताका क्रममा कयौँ विषयमा अनऔपचारिक वार्ता भएको हो । भेटमा पुटिनले प्रधानमन्त्री मोदीलाई भने, ‘तपाईंले पूरा जीवन आफ्ना जनताको सेवामा समपर्पित गर्नु भयो । भारतीय जनताले यो महसुस गर्न सक्छन् ।’

मस्को बाहिर सरकारी आवासमा चियाका क्रममा दुवै राष्ट्राध्यक्षबीच अनौपचारिक बैठकका क्रममा मोदीले आफ्नो देशमा हालै भएको चुनावलाई पनि सम्झिए । उनले आफूलाई भारतीय जनताले मातृभूमिको सेवा गर्ने अवसर दिएको बताए ।

पछिल्लो समय रुसी सेनामा भर्ना भएका कयौँ भारतीय घाइते भएको र मारिएको खबर आएको थियो । भारतीयलई रुसी सेनामा भर्ना गरिएको समाचार आएपछि मोदी सरकारलाई विपक्षीले घेरेका थिए ।

हिले पनि कयौँ भारतीय रूस-युक्रेन युद्धको मोर्चामा तैनाथ छन् । यो युद्धमा दुईजना भारतीयको मृत्यु भएको औ‍पचारिक पुष्टि भएको छ ।

यही पृष्ठभूमिमा प्रधानमन्त्री मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष रूसी सेनामा भारतीय भर्ना भएको विषय उठाएका हुन् । मोदीले यो विषय उठाएपछि रुसले सेनामा भर्ना भएका सबै भारतीयलाई बर्खास्त गर्ने भएको छ ।

दुई दिने रूस यात्रामा मस्को पुगेका मोदीले मोदीले सोमबार साँझ राष्ट्रपति पुटिनसँग भएको निजी रात्रिभोजमा यो मुद्दा उठाएका थिए । जसलाई लिएर रूसी राष्ट्रपति पुटिनले आफ्नो सेनामा कार्यरत सबै भारतीयलाई बर्खास्त गरेर उनीहरूको भारत फिर्तीमा सहयोग गर्ने कुरामा सहमति जनाएका छन् ।

राम्रो तलबको लोभ देखाएर एजेन्टहरूले कयौँ भारतीयलाई रुसी सेनामा भर्ना गरेका छन् । अहिले पनि दर्जनौँ भारतीय नागरिक रुसी सेनामा कार्यरत रहेको खुलेको छ । ती भारतीयलाई युक्रेन युद्धको मोर्चामा तैनाथ गरिएको छ ।

यस वर्षको सुरुवातमा एक भिडियो भाइरल भएको थियो, जसमा पञ्जाब र हरियाणाका केही युवा रुसी सेनाको बर्दीमा देखिएका थिए । भिडियोमा यी भारतीयले उनीहरूलाई झुक्क्याएर युद्धका लागि युक्रेन पठाइएको बताएका थिए । यी भारतीयले स्वदेश फिर्ताको पहलका लागि सरकारसँग गुहार मागेका थिए

भिडियो बाहिरिएपछि भारत सरकारले रूससमक्ष यो मुद्दा उठाएको थियो । सरकारले धोका र झुटो आश्वासन दिएर भारतीयलाई विदेश पठाउने एजेन्टविरुद्ध कारबाही चलाएको थियो ।

भारतीय जाँच एजेन्सीले यस्ता एजेन्टविरुद्ध कारबाही चलाएर भारतीय नागरिकको तस्करी गर्ने गिरोहविरुद्ध भण्डाफोर गरेको थियो । उक्त जाँचमा एजेन्टहरूले कम्तीमा पनि ३५ भारतीयलाई रुसी सेनामा सहभागी गराउन पठाएका पाइएको थियो ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १२ : ३४ बजे

इजरायलले तेहरानमा व्यापक हमला गर्दैछ : रक्षामन्त्री कट्ज

काठमाडौं– इजरायली रक्षामन्त्री इजरायल कट्जले इरानको राजधानी तेहरानमा व्यापक हमला

तीन लाख धरौटीमा छुटे रवीन्द्र मिश्र (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटीमा

इजरायलले रणभूमि विस्तार गर्‍यो : जोर्डनका नरेश अब्दुल्लाह

काठमाडौं– इजरायलले ‘रणभूमि’ विस्तार गरिरहेको जोर्डनका नरेश अब्दुल्लाहले बताएका छन्

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ

रास्वपा सांसदहरू अभद्र शैलीमा संसद् पसे : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र