वाइफाइ स्लो भएर हैरान पार्‍यो ? यसरी बढाउनुस् स्पीड | Khabarhub Khabarhub

वाइफाइ स्लो भएर हैरान पार्‍यो ? यसरी बढाउनुस् स्पीड


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


13.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वाइफाइ राउटरको सुस्त गतिले तपाईं पक्कै पनि हैरान हुनु भएको होला । वाइफाइको स्पीड नहुँदा समस्या भएको भए केही सजिलो किसिमले तपाईं आफैंले स्पीड बढाउन सक्नुहुन्छ ।

केही यस्ता तरिका छन्, जसले तपाईंको पुरानो वाइफाइ राउटर नफेरि नै स्पीड दोब्बरसम्म बढाउन सकिन्छ ।

राउटरलाई अग्लो स्थानमा राख्ने 

तपाईंको वाइफाइको राउटर कुन स्थानमा छ, त्यसले स्पीडमा असर गर्दछ । यस्तोमा तपाईंले राउटर कस्तो ठाउँमा राख्नुभएको छ भन्ने विचार गर्नुहोस् । यदि तपाईंले राउटरलाई भुइँमा राख्नुभएको छ भने त्यसको वाइफाइ सिग्नल डिभाइसमा पुग्न सक्दैन ।

त्यसैले वाइफाइ राउटरलाई सकेसम्म अग्लो स्थानमा राख्नुस्, जसले डिभाइसमा पुरा सिग्नल दिन सक्छ ।

राउटरको क्षमता निश्चित गर्ने

हरेक वाइफाइ राउटरमा क्षमताको निश्चित सीमा तोकिएको हुन्छ । उक्त राउटरको एरिया कभरेज निश्चित हुन्छ ।

राउटरको क्षमता र गुणस्तरअनुसार त्यसको रेन्ज तोकिएको हुन्छ । उदाहरणका लागि कुनै राउटरले ५०० मिटरसम्मको एरिया कभरेज गर्छ भने कुनैले २० मिटर मात्रै ।

त्यसैले तपाईंको वाइफाइ राउटरले कति दूरीसम्म सिग्नल दिन्छ भन्ने जानकारी राख्नुस् । यस्तो जानकारी वाईफाई राउटरको कभरमा वा त्यो डिभाइसको पछाडि लेखिएको हुन्छ ।

राउटरको वरिपरि मेटल नराख्ने

वाइफाइ राउटरको अवस्था र राखेको स्थान ठिक भए पनि कहिलेकाहीँ त्यसमा अवरोध हुन्छ ।

वाइफाइ सिग्नलको सबैभन्दा ठूलो शत्रु भनेको कंक्रिट र मेटल हो । वाइफाइको वरिपरि सकेसम्म मेटल (धातु) का सामाग्री नराख्नुहोस् ।

त्यसैगरी अन्य इलेक्ट्रोनिक्स उपकरण पनि छेउछाउ नराख्नुस् । त्यस्तै कंक्रिट पर्खाल तथा भित्ताले पनि वाइफाइको सिग्नल रोक्ने हुँदा त्यस्तो स्थानमा सकेसम्म राउटर नराख्नुस् ।

राउटर राख्ने दिशाको सुनिश्चितता

वाइफाइ राउटरले ३६० डिग्री एंगल एरिया कभर गर्दछ । यसले सबै दिशामा एकै प्रकारले सिग्नल पठाउने गर्दछ ।

त्यसैले जुन दिशामा वा स्थानमा बसे पनि केही फरक पर्दैन । तर तपाईंको वाइफाइ राउटरको स्थान र प्रयोग गर्ने डिभाइस कुन स्थानमा छ भन्ने बुझ्नुहोस् । त्यसको बीचमा कुनै अवरोध त छैनन् हेर्नुहोस् ।

रिपीटर डिभाइस प्रयोग

उल्लेखित टिप्सहरू प्रयोग गरिसक्दा पनि वाइफाइ सिग्नल कमजोर छ भने तपाईंले वाइफाइ रिपिटर लगाउनु उपयुक्त हुन्छ ।

वाइफाइ रिपिटरलाई कतै कतै वाइफाइ सिग्नल बुस्टर डिभाइसका नामले बुझ्ने गरिन्छ । यो सानो उपकरणले तपाईंको वाइफाइ राउटर र डिभाइसको दूरी बढी भए पनि वाइफाइ सिग्नललाई बढाउन सहयोग गर्दछ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ५ : ३४ बजे

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन