सीपले युवामा जगाएको आशाको सञ्चार « Khabarhub

सीपले युवामा जगाएको आशाको सञ्चार


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

हेटौँडा उपमहानगरपालिका वडानम्बर १ की सर्मिला बिक स्वरोजगार बन्ने सपना सँगालिरहेकी हुन्थिन् । परिवारको आर्थिक अवस्था कमजोर रहेको उनलाई स्वरोजगार बन्न केही गर्नुपर्छ भन्ने मनमा लागिरहन्थ्यो । तर के गर्ने, कता जाने, उनी अन्यौलमै थिइन् । 

अहिले उनी हेटौँडा १ चौकीटोलमा प्रदेश युवा परिषद बागमतीले सञ्चालन गरेको ब्युटिसियन तालिममा सहभागी भएकी छिन् । सीप सिक्दै गर्दा उनमा आत्मविश्वास भरिएको छ । पार्लर सञ्चालन गरेर उद्यमी बन्ने उनको योजना छ ।  

जोखिमयुक्त काम पुरुषले मात्रै गर्न सक्छन् भन्ने नेपाली समाजको आम बुझाई रहेको छ । तर चितवन राप्ती नगरपालिका वडानम्बर ९ की प्रेमा तामाङलाई भने आफू पनि पुरुष सरह जोखिम उठाउन सक्छु भन्ने लाग्यो । उनले चितवनको बिरेन्द्र नगरमा बिल्डिङ इलेक्ट्रिसियन तालिम लिइन् । 

२० जना पुरुष सहभागी तालिममा उनी एक्लै युवती सहभागी भइन् । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाकी सुशीला घले पनि प्लबिङ्ग तालिम लिइरहेका २० जना सहभागी मध्य एकमात्रै महिला हुन् । उनीहरु उत्साहपूर्वक तालिममा सहभागी भए । अहिले उनीहरु गाउँघरमा बिजुली र प्लम्बिङ्गको काम गरिरहेका छन् । 

काभ्रेको धुलिखेल नगरपालिका वडानम्बर १० का जितेन्द्र प्रधानले काभ्रे बहुमुखी क्याम्पसाट स्नातक उत्तीर्ण गरेका छन् । कृषि कर्ममा रुचि भएका प्रधानले अहिले २ वटा टनेलमा तरकारी खेती गरेका छन् । बागमती प्रदेश युवा परिषदबाट बेमौषमी तरकारी खेती सम्बन्धी तालिम लिएका प्रधानले गोलभेँडा, काँक्रो अकबरे खुर्सानी फलाएका छन् । ५० हजार मूल्यका तरकारी बिक्रीका लागि तयारी अवस्थामा छन् । २२ जना युवाले यो तालिम लिएका थिए । तालिम लिएपछि उनमा थप हौसला बढेको छ । सीप भए स्वदेशमै बसेर उद्यमी बन्न सकिने प्रधानको बुझाई छ । 

स्वदेशमा कामगर्ने उपयुक्त वातावरण नदेखेर लाखौँ युवा रोजगारीका लागि विदेशिएका छन् । युवालाई स्वदेशमै स्वरोजगार भई उद्यमशील बनाउन प्रदेश युवा परिषद बागमतीले यसवर्ष प्रदेशका १३ जिल्लाका  ५ हजार युवालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको थियो ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का विकास घलानबुद्धि बहादुर बोम्जनले अघिल्लो बर्षनै बागमती प्रदेश युवा परिषदले सञ्चालन गरेको कपाल काट्ने तालिम लिएका थिए । अघिल्लो वर्ष तालिम लिएका यी दुबै युवाले अहिले आफ्नो गाउँघरमा सैलुन व्यवसाय सञ्चालन गरेका छन् । बागमती प्रदेश सरकारले आर्थिक २०८१–०८२ को बजेटमै युवा सीप वर्ष घोषणा गरेको छ । 

सीप सिकेका युवा स्वदेशमै बसे उनीहरु स्वरोजगार बन्नेछन् । विदेश गएपनि सीपयुक्त युवाले अझै धेरै आम्दानी लिन सक्छन् । बागमती प्रदेशका सीपयुक्त युवाले प्रदेशको समग्र विकासमा योगदान दिनसक्ने परिस्थिती निर्माण भएको छ । 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ४ : ५० बजे

युक्रेनमा रुसी ड्रोन आक्रमण : १२ जनाको मृत्यु, २१ घाइते

किएभ- रूसले युक्रेनको राजधानी किएभ तथा आसपासका क्षेत्रमा गरेको ड्रोन र

बाढीपीडितका लागि एमएडब्ल्यू ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं– रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन लगायत देशका

भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक सञ्चालनको तयारी

हेटौँडा– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ जोड्ने

रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा

ख्वप– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना

एमालेले प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने  

काठमाडौं– नेकपा एमालेले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म