गोली लागेको दुई महिनापछि काममा फर्किए प्रधानमन्त्री रोबर्ट « Khabarhub

गोली लागेको दुई महिनापछि काममा फर्किए प्रधानमन्त्री रोबर्ट


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको करिब दुई महिनापछि काममा फर्किएको बताएका छन् । 

मध्य स्लोभाकियामा एक सरकारी बैठकपछि ५९ वर्षीय फिकोमाथि नजिकैबाट गोली हानिएको थियो । उनको एक अस्पतालमा दुई वटा लामो शल्यक्रिया गरिएको थियो । 

स्लोभाक मिडियाले बन्दुकधारीको पहिचान ७१ वर्षीय कवि जुराज सिन्तुलाका रूपमा गरेको थियो र उनीमाथि आतंकवादको आरोपमा मुद्दा चलाइएको छ । उनी मुद्दाको प्रतीक्षामा हिरासतमा छन् ।

फिकोले आफ्नो मध्यमार्गी एसएमइआर–एसडी पार्टी, मध्यमार्गी हलास र ५४ लाख जनताको युरोपेली संघ (इयु) तथा नाटो सदस्यहरूको शासन गर्ने अति दक्षिणपन्थी एनएनएससहितको तीन पक्षीय गठनबन्धनको नेतृत्व गर्छन् । 

प्राय हङ्गेरीका समकक्षी भिक्टर ओर्बनका साथ इयुद्वारा आलोचना गरिने राष्ट्रवादी झुकाव भएका फिको पत्रकारहरूबाट बच्नका लागि एउटा सुरुङमार्फत मंगलबारको मन्त्रिपरिषद् बैठकमा सहभागी भएको स्लोभाक मिडियाले बताएका छन् ।

गत शरद ऋतुमा फिकोले पदभार ग्रहण गरेपछि सन् २०२२ देखि रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई सैन्य सहायता जारी राख्न स्लोभाकियाले अस्वीकार गरेको थियो ।

फिकोको मन्त्रिपरिषद्ले न्यायिक र मिडिया स्वतन्त्रतालाई खतरामा पार्ने विधेयकहरूलाई अनुमोदन गरेर अचम्मित पारेको छ । 

मे ३१ मा फिकोलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो र गत शुक्रबार ब्रातिस्लाभा नजिकै एक समारोहमा उनी पहिलोपटक सार्वजनिकरूपमा देखा परेका थिए । 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ५ : ५५ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– आजदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ