अरनिको राजमार्ग पुनः अवरुद्ध | Khabarhub Khabarhub

अरनिको राजमार्ग पुनः अवरुद्ध


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काभ्रे– अरनिको राजमार्ग पुनः अवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो ।

स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो–लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन अड्किएकाले र पकुचाभन्दा केही तल पहिरो गएकाले राजमार्ग बिहानदेखि अवरुद्ध रहेको बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार राजमार्ग खुलाउन जिल्लास्थित सुरक्षा निकाय र सडक डिभिजनको समन्वय भइरहेको छ । उनले सडकमा ठूलाठूला खाल्डा र हिलोका कारण निकै कठिनाइ देखिएको बताए ।

धुलिखेलबाट खावासम्म चार किलोमिटर सडकमा आकस्मिकलगायत सवारीसाधन रोकिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहानैदेखि अरनिको राजमार्ग अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

उक्त राजमार्ग वर्षाका कारण पाँचखालस्थित ५० किलो भन्ने स्थानमा सोमबारदेखि पहिरो जाँदा करिब दुई सय मिटर सडक अवरुद्ध भएको थियो ।

सडकको उक्त पहिरो पन्छाई १४ घण्टापछि मङ्गलबार दिउँसो २ बजे दुवैतर्फी सञ्चालन गरिएकोमा पुनः अवरुद्ध भएको हो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ९ : ५८ बजे

‘नर्सलाई सरकारले तोके बमोजिमको पारिश्रमिक दिन सकिदै’

काठमाडौं– नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनले नर्सलाई सरकारले

मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि …

चितवन– कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै

भृकुटीमण्डपमा तिहार ‘फ्लोरा एक्स्पो’ (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ सुरु भएको छ

जेलेन्स्कीको अमेरिका भ्रमणमा ट्रम्पसँग हवाई सुरक्षा र रूसमाथि दबाबबारे छलफल हुने

कीएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार यसै हप्ता अमेरिकाका राष्ट्रपति

कर्णाली मन्त्रिपरिषद् बैठक : सहिद स्मृति तथा जीवन निर्वाह भत्ता दिने निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रु पाँच करोड बराबरको