उत्तर प्रदेशमा भएको दुर्घटनामा १८ जनाको मृत्यु, १९ जना घाइते « Khabarhub

उत्तर प्रदेशमा भएको दुर्घटनामा १८ जनाको मृत्यु, १९ जना घाइते


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको उत्तर प्रदेश राज्यमा पर्ने उन्नाव नजिकै सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु घएको छ । घटनामा १९ जना घाइते भएका छन् ।

आगराबाट लखनऊतर्फ जाँदै गरेको यात्रुवाहक बस दूध बोकेको ट्यांकरसँग ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

स्थानीय प्रहरीका अनुसार ओभरटेक गरिरहेको बसलाई ट्याङ्करले ठक्कर दिएको थियो ।

समाचार एजेन्सी पीटीआईले स्लीपर बस बिहारको सीतामढीबाट दिल्ली जाँदै थियो ।

दुर्घटनामा घाइते भएकाहरूलाई उन्नावको बांगरमऊ सीएचसीमा उपचारका लागि लगिएको छ । गम्भीर रूपमा घाइते भएका केही यात्रुलाई लखनऊ रिफर गरिएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ११ : ५० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र