बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते « Khabarhub

बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर एक सय ६ जना घाइते भएका छन् । 

हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएको उनले जानकारी दिए । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन् । 

उक्त समयमा बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायाको क्षति भएको छ । यस्तै, एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए । वर्षा र पहिरोका कारण आठ सय ५८ परिवार विस्थापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ ।

मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 देशभर दुई हजार नौ सय ५४ परिवार विस्थापित भएका छन् । उक्त घटनामा १० करोड ७० लाख ४० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १ : ०४ बजे

एनपीएल क्रिकेट : काठमाडौँले टस जित्यो

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)  क्रिकेट प्रतियोगिता, २०२६ अन्तर्गत कर्णाली

बिगमार्टबाट ४१५ रुपैयाँको सामान किनेका पण्डितले पाए १० लाख

काठमाडौं– आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक

पत्रकार धरपकडप्रति कांग्रेस संसदीय दलको आपत्ति, संसदीय समिति गठन गर्न माग

काठमाडौं– नेपाली कांग्रेसले पत्रकार धरपकड लगायतका सबै विवादित सरकारी गतिविधिको

दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै

सप्तरी– तिहार नजिकिएसँगै जिल्लाका विभिन्न गाउँका कुमाले महिला दियो र हुक्कापाती

दुईदिन घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।  नेपाल सुनचाँदी