सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा « Khabarhub

सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

सोल- दक्षिण कोरियाको अग्रणी इलेकट्रोनिक्स कम्पनी सामसुङको कारखानाका ३० हजार कर्मचारीले अनिश्चितकालीन हडताल सुरु गरेका छन् । तलब र अन्य सुविधाको माग गर्दै कर्मचारीको युनियनले हडतालको घोषणा गरेको हो ।

राष्ट्रिय सामसुङ इलेकट्रोनिक्स युनियन (एनएसईयू) ले तीन दिने आम हडतालको अन्तिम दिन यस्तो घोषणा गरेको हो । व्यवस्थापन आफ्ना मागमा वार्ता गर्न तयार नभएकाले यस्तो निर्णय गर्न बाध्य भएको युनियनले जनाएको छ ।

युनियनको वेबसाइटमा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिलो आम हडतालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकोले हामी जुलाई १० देखि दोस्रो अनिश्चितकालीन आम हडतालको आह्वान गर्दछौँ।’ यस युनियनले दक्षिण कोरियामा सामसङ  इलेकट्रोनिक्स कामदारहरूको एक चौथाइ प्रतिनिधित्व गर्दछ ।

युनियनले हडतालले उत्पादन अवरुद्ध भएको जनाएको छ, यद्यपि सामसुङले यो दाबीलाई अस्वीकार गरेको छ । ‘हाम्रो विचारमा, उत्पादनमा कुनै अवरोध हुनेछैन,’ फिबोनाची सम्पत्ति व्यवस्थापन ग्लोबलका जुंग इन युनले भनेका छन् ।

गत महिना युनियनले कम्पनीमा पहिलो पटक हडताल गरेको थियो । कम्पनीको करिब ५५ वर्षको इतिहासमा यो पहिलो पटक भएको हो । सामसङ इलेकट्रोनिक्स मेमोरी चिप्स, स्मार्टफोन र टेलिभिजनहरूको विश्वको सबैभन्दा ठूलो निर्माता हो ।

यो दक्षिण कोरियाली समूह सामसुङ समूहको प्रमुख इकाई हो । यो हडतालपछि कोरिया स्टक एक्सचेन्जमा सामसुङको सेयरमा गिरावट आएको छ ।

सामसुङ समूह कामदारहरूको प्रतिनिधित्व गर्ने युनियनहरूसँग वार्ता नगर्ने कारणले परिचित छ, तर २०२० मा, यसको अध्यक्षलाई बजार हेरफेर र घुसखोरीको आरोपमा मुद्दा चलाइएको थियो, त्यसपछि कम्पनीको अडान परिवर्तन भएको थियो ।

 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १ : ०२ बजे

रास्वपा महाधिवेशनमा आज बन्दसत्र हुँदै, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्दसत्र

फोटो लाइब्रेरीले खिचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ?

काठमाडौँ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण