चलचित्र हलहरुले गत वर्षकै कर तिरेनन्, १७ गतेसम्मलाई म्याद थप | Khabarhub Khabarhub

चलचित्र हलहरुले गत वर्षकै कर तिरेनन्, १७ गतेसम्मलाई म्याद थप


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चलचित्र हलहरुले मनोरञ्जन शुल्क बापतको कर नबुझाएपछि काठमाडौं महानगरपालिको राजस्व विभागले भदौ १७ गतेसम्मको समय दिएर सूचना जारी गरेको छ ।

महानगरभित्र अहिले ४२ वटा सिनेमा हल छन् । जसमध्ये आर्थिक वर्ष २०७५/०७६ मा ४ वटा हलले मात्र कर तिरेका छन् । टिकट बिक्रीसँगै संकलन भएको राजस्व शुल्क पनि महानगरमा नबुझाएपछि आफूहरु गम्भीर रहेको राजस्व विभागका प्रमुख नुरनिधी न्यौपानेले बताए ।

उनकाअनुसार गएको बर्ष ४ वटा हलले मनोरञ्जनवापतको शुल्क बुझाउँदा १९ लाख रुपैयाँ संकलन भएको थियो ।

प्रदेश–३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र हलहरुले चलचित्र प्रदर्शन गर्दा प्रतिटिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनु पर्छ ।

‘यो व्यवस्था पालना हुनु त कता हो कता, गएको बर्ष तिर्नु पर्ने कर तिर्न समेत चासो दिएनन्’ न्यौपानेले भने, ‘ऐनको दफा ४ (३) बमोजिम हामीले चलचित्र हलहरुलाई बक्यौता रकमसमेत लिएर आउन सूचना जारी गरेका छौं ।’

महानगरले यो सूचनाको ख्याल नगर्ने तथा दर्शकहरुसँग मनोरञ्जन कर बापत असुल गरी सकेको कर रकम स्थानीय सरकारलाई नबुझाउने चलचित्र हलहरुलाई नियमानुसार कारबाही गर्ने जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ७ : ५४ बजे

तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग

काठमाडौं – गत मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका

हस्तकला क्षेत्र सधैँ सरकारको प्राथमिकता रहन्छ : प्रधानमन्त्री

ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा

कोशीमा संकटग्रस्त सहकारी व्यवस्थापन समितिले थाल्यो काम

विराटनगर– कोशी प्रदेश सरकारले वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको नेतृत्वमा संकटग्रस्त

कुलमानले गरे कार्यसम्पादनमा ९८.९९ प्रतिशत दाबी

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत

पोखराबाट छुटेका रवि गाडीमा काठमाडौंतिर, अदालतमा उपस्थित हुने

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखराबाट स्थलमार्गबाट काठमाडौंका