बजेटबारे राष्ट्रियसभामा विवाद, बैठक स्थगित गरिएपछि चार दलको आपत्ति « Khabarhub

बजेटबारे राष्ट्रियसभामा विवाद, बैठक स्थगित गरिएपछि चार दलको आपत्ति


२७ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभाको बैठक सूचना टाँस गरि आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

बिहीबार बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार १ बजेर १५ मिनेटमा बस्ने गरी समय तोकेको संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पारित गर्ने कार्यसूची रहेको थियो ।

तर, बजेटसँग सम्बन्धित विधेयकमा संशोधन गर्ने बिषयमा दलहरूबीच विवाद भएपछि बैठक प्रभावित भएको हो ।

यसैबीच राष्ट्रियसभाको बैठक स्थगित भएकोप्रति चार दलले आपत्ति जनाएका छन् ।

कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यको असहमति जनाए पनि अचानक बैठक स्थगित भएको गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनीहरूले अर्थमन्त्रीको गलत मनसायका कारण बजेट आश्रित विधेयकहरू पेश हुन नसकेको जनाएका छन् ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ७ : ४५ बजे

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६