एयर चाइनाको ढाका–बेइजिङ सिधा उडान सुरू « Khabarhub

एयर चाइनाको ढाका–बेइजिङ सिधा उडान सुरू


२७ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ढाका – बङ्गलादेशको राजधानी ढाका र चीनको बेइजिङ जोड्ने सिधा उडान सुरू भएको छ । सेवाको बुधबार हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक समारोहका साथ उद्घाटन गरिएको छ ।

बङ्गलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री मोहम्मद फारुक खानले एयर चाइना ढाकादेखि बेइजिङ र बेइजिङदेखि ढाकासम्मको सिधा उडानको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ढाकादेखि बेइजिङसम्मको सिधा हवाई उडानले दुई देशबीचको व्यापार विस्तारमा नयाँ आयाम थपिने बताए ।

उनले बङ्गलादेश र चीनबीचको मित्रता, सहयोग, विकास र बढ्दो आवतजावतको प्रमाण यो उडान भएको बताए।

उनले भने, “यो उडानले बङ्गलादेशका जनता, व्यवसायी र विद्यार्थीहरूले सीधै बेइजिङको यात्रा गर्नलाई सहज बनाउनेछ । यसको फाइदा पर्यटन र अन्य व्यावसायिक क्षेत्रमा पनि देखिनेछ ।”

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ८ : ५० बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका