वन कार्यालय बाँकेद्वारा किसानलाई निःशुल्क बिरुवा वितरण « Khabarhub

वन कार्यालय बाँकेद्वारा किसानलाई निःशुल्क बिरुवा वितरण


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बाँके – डिभिजन वन कार्यालय बाँकेले जिल्लाका किसानलाई विभिन्न जातका बिरुवा निःशुल्क वितरण सुरु गरेको छ ।

विगत वर्षझैँ वन कार्यालयले किसानलाई कार्यालयको नर्सरीमा उत्पादन गरिएका बिरुवा आजबाट वितरण सुरु गरेको डिभिजनल वन अधिकृत अजितकुमार कर्णले जानाकारी दिए ।

उनले नर्सरीमा एक वर्षीय ७९ हजार र बहुवर्षीय दुई लाख नौ हजार सात सय बिरुवा उत्पादन गरिएको बताए । उनका अनुसार यस वर्ष वन कार्यालयको नर्सरीमा विभिन्न जातका दुई लाख ८८ हजार सात सय बिरुवा उत्पादन गरिएका छन् । वन अधिकृत कर्णले भने, “किसानका लागि आजबाट एक वर्षीय बिरुवा वितरण शुरु गरेका छौँ ।”

उनका अनुसार एक वर्षीय बिरुवाअन्तर्गत नर्सरीमा अर्जुन, शितलचिनी, बेल, बर्रो, राजवृक्ष, पारिजात, सतिसाल, सागवन, बकाइनो, मसला, काभ्रो, खयर, सिसौ, जामुन र निम गरी दुई लाख नौ हजार सात सय बिरुवा छन् ।

वन पैदावार आपूर्ति समितिअन्तर्गत १० लाख, जडीबुटी विकास कार्यक्रमअन्तर्गत (सङ्घ सशर्त अनुदान) छ लाख र कृषि वन तथा बृहत्तर हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत चार लाख गरेर कूल २० लाखको लागतमा उक्त सङ्ख्यामा एक वर्षीय बिरुवा उत्पादन गरिएको सहायक वन अधिकृत नवराज शाहीले जानकारी दिए ।

शाहीका अनुसार एक वर्षीय र बहुवर्षीय गरी डिभिजन वन कार्यालयसहित जिल्लाका अन्य छ वटा सवडिभिजन कार्यालयमा यसवर्ष पाँच लाख २९ हजार सात सय बिरुवा उत्पादन भएका छन् । बाँकेको नरैनापुरस्थित सब–डिभिजनको नर्सरीमा ६० हजार, राप्ती सब–डिभिजनमा ५५ हजार, त्यसैगरी सिक्टा सब डिभिजनमा ३५ हजार बिरुवा उत्पादन गरिएको छ ।

त्यसैगरी कोहलपुरमा २५ हजार, समशेरगन्जमा ४१ हजार र नेपालगञ्जमा २५ हजार बिरुवा उत्पादन गरिएको सहायक वन अधिकृत शाहीले बताए । उनले भने, “एक वर्षीय बिरुवा किसानले आफ्ना व्यक्तिगत जमिनमा लगेर रोप्न प्रयोग गर्ने र बहुवर्षीय बिरुवा सौन्दर्यवर्द्धक तथा ढिलो बढ्ने प्रजातिका भएकाले संस्थागत रूपमा वितरण कार्य सुरू गरिएको हो ।”

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ९ : ४५ बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन