विश्वविद्यालयले उत्कृष्टता हासिल गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

विश्वविद्यालयले उत्कृष्टता हासिल गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ : मुख्यमन्त्री कार्की


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उत्कृष्टता हासिल गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् ।

मनमोहन प्राविधिक विश्वविद्यालयद्वारा आज यहाँ आयोजित ‘विश्वविद्यालय र रोजगारदाताबीच अन्तरक्रिया’ कार्यक्रमको उद्घाटन गर्दै उनले सामान्य कामदार उत्पादन गरेर वैदेशिक रोजगारमा जाने र विप्रेषण भित्र्याउने सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।

विश्वविद्यालयको कुलपतिसमेत रहेका मुख्यमन्त्री कार्कीले चार वर्षमा विश्वविद्यालयले उल्लेखनीय प्रगति हासिल गरेकोमा खुसी व्यक्त गरे । उनले उच्चस्तरका जनशक्ति उत्पादन गर्न विश्वविद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

खनिज उत्खनन, सुरुङ खन्ने र विभिन्न सङ्क्रमित रोगसँग लड्ने निरोधात्मक खोप निर्माणमा अनुसन्धान गर्ने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री कार्कीले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सकेमा उत्पादन बढ्ने र पर्यटक भित्रिने सम्भावना रहेको धारणा राखे । विश्वविद्यालयका सहकुलपति एवं प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले विश्वविद्यालयबाट उत्पादित जनशक्ति स्वदेशमा मात्र नभइ विश्वबजारमा टिक्नसक्ने किसिमको हुनुपर्ने बताए ।

पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेले रु एक अर्ब ५० करोडभन्दा बढी सम्पत्ति प्रदेश सरकारमा हस्तान्तर भई आएको यो विश्वविद्यालयलाई प्रदेश सरकारले ६५ प्रतिशत मात्र आर्थिक दायित्व व्यहोर्नुपर्ने जानकारी दिए। दुहबी नगरपालिकाका प्रमुख वेदप्रसाद गच्छदारले परम्परागत शिक्षाले बेरोजगारी समस्या समाधान नगर्ने भएकाले सीपमूलक र व्यवसायमूलक शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गरे ।

विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले विश्वविद्यालयले समाज र राष्ट्रको आवश्यकता परिपूर्ति गर्ने शिक्षा दिन तत्पर रहेको बताउँदै विश्वविद्यालयबाट उत्पादित जनशक्तिमध्ये ९० प्रतिशतले रोजगार पाइरहेको जानकारी दिए । कार्यक्रममा डा दीपराज डङ्गोल, रिजन निरौला र सङ्गम पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  १० : ०१ बजे

एमाले युवाहरूको पार्टी हो : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार

एजेन्सी– युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्‍याउँदै आफ्नो

नेपाल टेलिकमले ल्यायो ‘संविधान दिवस’ अफर

काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान

गाजा सहर छोड्न नयाँ सुरक्षित मार्ग खुला : इजरायली सेना

एजेन्सी– इजरायली सेनाले बुधबार गाजा सहरबाट मानिसहरूलाई भाग्न दिनका लागि