पहिरोले बगाएका दुवै बसमा थिए ६५ यात्रु  « Khabarhub

पहिरोले बगाएका दुवै बसमा थिए ६५ यात्रु 


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका २ यात्रु बसमा ६५ जना सवार रहेको खुलेको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट दुई वटा बसमा ६५ यात्रु रहेको विवरण दिएका हुन्।

भरतपुर महानगरपालिका-२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स  बस बगाएको थियो। जसमा २४ जना यात्रु सवार थिए।

त्यस्तै काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस ४१ जना यात्रु रहेको पुष्टि भएको यादवले बताए । अहिले प्रजिअ यादवसहित करिब ८० जना सुरक्षाकर्मीको टोली उद्धार र खोजीमा जुटेको छ।

नारायणगढ-मुग्लिन सडकमा पहिरोसँगै खसेको ढुंगाले लागेर बस चालकको मृत्यु

चितवनको सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगायो

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ७ : ११ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा