देशभर बाढी पहिरोको वितण्डा : प्रकोप र उद्धारका तस्बिर « Khabarhub

देशभर बाढी पहिरोको वितण्डा : प्रकोप र उद्धारका तस्बिर


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विहीबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरोले वितण्डा मच्चाएको छ । नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाउँदा दुईवटा यात्रु बस त्रिशूलीमा बेपत्ता छन् ।

यस्तै पृथ्वी राजमार्ग नारायण-मुग्लिन सडकमा पहिरो खसेर यातायात दुईतर्फी ठप्प छ ।  कास्कीका विभिन्न स्थानमा पहिरोमा परी ११ जनाको मृत्यु भएको छ ।

चितवनको नारायणगढ-मुग्लिन सडक खण्ड अन्तरगत सिमलताल भन्ने ठाउँबाट त्रिशुलीमा खसेका दुईवटा बसभित्र रहेका यात्रुको खोजी र उद्धारमा सुरक्षाकर्मीहरु खटिएका छन् ।

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारी नजिकै शुक्रबार बिहान झरेको पहिरोले अवरुद्ध राजमार्ग । 

तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा शुक्रबार बिहान खसेको पहिरो । पहिरोका कारण विमलनगर आँबुखैरेनी खण्ड अवरुद्ध भएको छ ।

तनहुँको व्यास नगरपालिकास्थित बसपार्कमा शुक्रबार बिहान बुल्दीखोलामा आएको बाढीले पल्टाएको बस । बुल्दीखोलामा बाढी आउँदा पार्किङ गरिराखेका दुई वटा बस  पल्टिएका थिए ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाटमा खसेको पहिरो डोजरको सहायताले पन्छाइँदै ।

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमको आरखोलामा शुक्रबार बिहान झरेको पहिरोले पुरिएको तुलप्रसाद न्यौपानेको घर । घरभित्र सुतेका न्यौपाने दम्पतीको पुरिएर मृत्यु भएको छ । 

पहिरोका कारण  बुधबारदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर ।

चितवनको इच्छाकामना–३ फिस्लिङ र मौवाखोलाको बीच सडकमा शुक्रबार बिहान खसेको पहिरो पछाइँदै । 

तनहुँको भानु नगरपालिका–५ स्थित पुरन्डिही नगर अस्पतालमा बिहीबार राति झरेको पहिरोले पुर्‍ याएको क्षति । पहिरोले अस्पताल भवन, प्रयोगशाला, प्रसूति कक्ष र गाडीमा क्षति  पुर्‍याएको छ। 

भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ चिलाउनेटारमा ढुङगा झरेर सडक अवरोध हुँदा धोद्लेखानी, ओख्रे, दलगाउँ र बैकुण्ठे गाउँसँग भोजपुर सदरमुकामको यातायात सम्पर्क टुटेको छ । 

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारी नजिकै शुक्रबार बिहान झरेको पहिरोले अवरुद्ध भएको राजमार्ग । 

प्रकोप र उद्धारका थप तस्बिर-

पहिरोले अवरुद्ध नारायणगण मुग्लिन सडकखण्ड । तस्बिरः सशस्त्र प्रहरी

पहिरोले बस बगाएको सडकखण्ड ।


तस्बिर स्रोत : रासस

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ९ : ५४ बजे

प्रधानमन्त्री कार्की ताप्लेजुङमा

ताप्लेजुङ– प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी

मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म

हेटौंडा–  मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य

काठमाडौं–२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो