'कञ्चनपुरमा बाढीबाट भएको क्षतिको जिम्मा सरकारले लिनुपर्छ' | Khabarhub Khabarhub

‘कञ्चनपुरमा बाढीबाट भएको क्षतिको जिम्मा सरकारले लिनुपर्छ’


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एमालेका सांसद तारा लामा तामाङले बाढीबाट कञ्चनपुरमा भएको जनधनको क्षतिको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा उनले गृहजिल्लामा बाढीका कारण भएको धनजनको क्षतिको विवरण संसद्लाई जानकारी गराउँदै क्षतिको जिम्मा सरकारले लिनुपर्ने बताएका हुन् ।  

‘बारम्बार दोधा नदी र चौधर नदीका बारेमा बारम्बार आवाज राख्दा सम्बन्धित मन्त्रीले सुन्नै चाहेनन्,’ लामाले भने, ‘त्यस कारणले यो क्षति भएको छ । नैतिक रूपले यो सरकारले यसको जिम्मा लिनुपर्छ ।’ 

उनले अब बन्ने एमाले नेतृत्वको सरकारले दोधाचौधर नदी नियन्त्रणका लागि गुरुयोजना बनाउनुपर्नेमा पनि जोड दिए ।

‘अब बन्ने सरकारले त्यसमा गुरुयोजना बनाएर मानवीय क्षति र हजारौं बिगाहा खेतीयोग्य जमिन कटान हुनबाट मुक्त गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : ०३ बजे

२२ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, ८८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को दुई महिनामा अघिल्लो आवको सोही

थारु समुदायको सखिया नृत्य देखाउने समय छोट्टिदै, मौलिकता हराउने चिन्ता

कञ्चनपुर – दसैँका अवसरमा विशेषगरी थारु समुदायमा देखाइने सखिया नृत्य

लेकका च्याङ्ग्रा सहरमा

गण्डकी– कास्कीको लुम्ले हुँदै बथान–बथानका च्याङ्ग्रा मंगलबार पर्यटकीय सहर पोखरा

रुसले हवाई क्षेत्रको उल्लङ्घन तुरुन्त रोक्नुपर्छ : नाटो

एजेन्सी– नाटोले पूर्वी युरोपमा भइरहेका हवाई क्षेत्र उल्लङ्घनप्रति गम्भीर चिन्ता