‘कञ्चनपुरमा बाढीबाट भएको क्षतिको जिम्मा सरकारले लिनुपर्छ’ « Khabarhub

‘कञ्चनपुरमा बाढीबाट भएको क्षतिको जिम्मा सरकारले लिनुपर्छ’


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एमालेका सांसद तारा लामा तामाङले बाढीबाट कञ्चनपुरमा भएको जनधनको क्षतिको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा उनले गृहजिल्लामा बाढीका कारण भएको धनजनको क्षतिको विवरण संसद्लाई जानकारी गराउँदै क्षतिको जिम्मा सरकारले लिनुपर्ने बताएका हुन् ।  

‘बारम्बार दोधा नदी र चौधर नदीका बारेमा बारम्बार आवाज राख्दा सम्बन्धित मन्त्रीले सुन्नै चाहेनन्,’ लामाले भने, ‘त्यस कारणले यो क्षति भएको छ । नैतिक रूपले यो सरकारले यसको जिम्मा लिनुपर्छ ।’ 

उनले अब बन्ने एमाले नेतृत्वको सरकारले दोधाचौधर नदी नियन्त्रणका लागि गुरुयोजना बनाउनुपर्नेमा पनि जोड दिए ।

‘अब बन्ने सरकारले त्यसमा गुरुयोजना बनाएर मानवीय क्षति र हजारौं बिगाहा खेतीयोग्य जमिन कटान हुनबाट मुक्त गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : ०३ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन