प्रधानमन्त्रीको दाबी- विपद्‌ न्यूनीकरणमा सक्ने जति पहल गरेँ « Khabarhub

प्रधानमन्त्रीको दाबी- विपद्‌ न्यूनीकरणमा सक्ने जति पहल गरेँ


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले विपद्‌ न्यूनीकरणमा आफूले हुन सक्ने जति पहल गरेको दाबी गरेका छन्‌ । विश्वासको मत लिन डाकिएको प्रतिनिधि सभा बैठकमा बोल्दै दाहालले यस्तो दाबी गरेका हुन्‌ ।

‘यो पटकको मनसुन अलिक आक्रामक हुनेवाला छ भनी मौसम पूर्वानुमान विभागबाट वक्तव्य आइसकेपछि हामीले पूर्वतयारीका निम्ति हुन सक्ने जति पहल गरिएको थियो,’ दाहालले भने ।

‘यहाँ माननीय सदस्यहरूले विशेष रूपले सरकारको र प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउँदै के गरेको छ सरकारले भनेर पनि प्रश्न उठाउनुभएको छ । तर के कुरा साँचो हो भने यो सरकारले नेपाली सेना, गृह प्रशासन, विपद्‌ व्यवस्थापन प्राधिकरण, सुरक्षा अङ्गका सबै प्रमुखहरूलाई सिंहदरबारमा बोलाएर बाढीपहिरोबाट भएको क्षति, सम्भावित क्षतिको न्यूनीकरण र रोकथाम कसरी गर्न सकिन्छ भन्नेबारे पहल गरिएको थियो ।’

बाढी-पहिरो र चट्याङ लगायतले धनजनको ठूलो क्षति भइरहेको बेलामा सरकार परिवर्तनको प्रक्रियाभित्र प्रवेश गरिएको उल्लेख गर्दै दाहालले प्रतिपक्षीले राजीनामाको कुरा उठाइरहेको बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : १८ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ